2026-09-16 07:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खुलालु हिल्सा सडक खण्डमा काम तिब्र, ओहोर दोहोर गर्ने यात्रीहरुलाइ भने सास्ती

माघ २५, कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत पर्ने खुलालु हिल्सा सडक खण्डमा तिब्र गतिमा काम संचालन हुदै गर्दा बाटोमा ओहोर दोहोर गर्ने यात्रीहरुले भने सास्ती खेप्न बाध्य भएका छन् । खुलालु हिल्सा सडक खण्डको आम्तडामा तिब्र गतिमा काम संचालन भइरहदा करीब १५ मिटर लाग्ने बाटोमा करीब २ घण्टा अप्ठेरो बाटो हीडेर ओहोर दोहोर गर्न यात्रीहरु बाध्य भएका हुन् ।
kalikot 1

नेपाली सेनाले राजमार्ग निर्माणमा तिब्रता दिएका बेला काम गर्ने समयमा बाटो खुल्ला नहुने र काम रोकेको बेला मात्रै हिड्न पाइने भएको हुदा बाटोमा ओहोर दोहोर गर्ने यात्रीहरु उकालो अप्ठेरो बाटो हिड्न बाध्य भएका हुन् । खाली हिड्न पनि कठिन छ, भारी बोकेर हिड्न त झन कठिन छ, काम गर्दा हिड्न पाइदैन, खाली भएपछि मात्रै हिड्न पाइन्छ, ज्यान जोखीममा राखेर भएपनि लामो र अप्ठेरो बाटो हिड्न बाध्य भएको भारी बोक्दै गरेका स्यूना गाविसका प्रदिपे सार्कीले गुनासो गर्नु भएको छ ।

जीते बाट नेपाली सेनाले काम गरीरहेको छ भने स्यूना, सिप्खाना, फूकोट र राम्नाकोटमा ग्रामीण पहुच कार्यक्रमले तिब्र गतिमा राजमार्ग निर्माण गरीरहेकाले अबको केही महिनामा बाटो खुल्ने पक्का भएपनि हिडडुन गर्ने यात्रिहरुले भने सास्ती खेपीरहेकाछन् । केही यात्रीहरुले केही महिना पछि राजमार्गमा सहज हिड्न पाइने भएकाले केही दिनको दुःखलाई बिर्सनु पर्नेमा पनि जोड दिएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु