2026-07-24 07:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा मदिरा विरुद्ध आमाहरुको अभियान

दलसिंह गिरी/कात्तिक १३, कालिकोट । राम्रा काम गर्न धेरै लेखपढ् गर्नु पर्दैन भन्ने कुरा कालिकोटको कालिका गाउँपालिका वडा–५ सुकाटियाका महिलाहरूले साबित गरिरहेका छन् । 

राम्रोसँग लेखपढ समेत गर्न नजान्ने महिलाहरूले मदिराका कारण समाज भाँडिन थालेपछि मदिरा नियन्त्रण अभियान चलाएका हुन् । स्थानीय आमा समूहले मदिरा नियन्त्रण अभियान थालेपछि बिहानैदेखि मदिरा सेवन गर्ने बानी परेका पुरुषहरू ठाउँमा आउन थालेका छन् । खुलेर मदिरा सेवन गरि हो हल्ला गरे महिलाहरूको कार्वाहीमा परिने डरले पुरुषहरूले लुकिछिपी बाहेक मदिरा सेवन गर्न कम गरेको स्थानीय रामबहादुर शाहीले बताए । 

‘गाउँमा मदिरा सेवन गरे महिलाबाट कारवाही परिने डर छ’ उनले भने, ‘मदिरा सेवन गरे कारवाहीमा परिने डरले कसै कसैले लुकिछिपी मदिरा सेवन गर्ने गरेका छन् ।’

महिलाहरूले गाउँमै उत्पादन हुने अबैध मदिरा नियन्त्रण गरि नष्ट पारेपछि मदिरा बेचेर पैसा कमाउनेहरू पनि पाखा लाग्न थालेको वडा अध्यक्ष किसनबहादुर शाहीले बताए । ‘गाउँमा महिलाहरूले स्थानीय रुपमा उत्पादन हुने मदिरा नियन्त्रण अभियान थालेपछि मदिराको जथाभावी कारोबार गर्नेहरू पनि ठेगान लागेका छन’ उनले भने, ‘त्यसका लागि वडापालिका, प्रहरीले साथ दिएका छन् ।’

महिलाहरूकै सक्रियतामा शनिबार मात्र गाउँघरमै उत्पादन भएको ७ सय ५० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको आमा समुहकी सदस्य मैयाकला शाहीले बताइन् । 

‘गाउँमा जताततै मदिरा पाइन थालेपछि समाजमा झै झगडा बढ्न थाल्यो’ उनले भनिन्, ‘विकृति बढ्दै गएपछि यसको नियन्त्रण अभियान थालेका छौं ।’ शाहीले मदिरा उत्पादन गर्ने र सेवन गर्ने जो कोहीलाई आमा समूहले छुट नदिने बताइन् ।

महिलाहरूले मदिरा नियन्त्रण अभियान थालेपछि गाउँ निकै शान्त रहन थालेको वडा अध्यक्ष शाहीले बताए । ‘पहिले गाउँमा मदिराका कारण झै–झगडा, होहल्ला निकै थियो’ उनले भने, ‘अहिले मदिरा नियन्त्रण गर्न महिलाहरू आफैले अभियान थालेपछि निकै शान्त छ ।’

आमा समुहका महिलाहरूले अहिले गाउँमा कसैले मदिरा उत्पादन गरेको खण्डमा, मदिरा खाएर होहल्ला गरेमा जरिवाना गर्ने, अटेर गरेमा प्रहरी बुझाउने अभियान थालिएको आमा समुहकी सदस्य नानसरा शाहीले   बताइन् । ‘कसैले घरेलु मदिरा उत्पादन गरेमा जरिवानाको समेत व्यवस्था गरेका छौं’ उनले भनिन्, ‘त्यसलाई अटेर गरेमा प्रहरीलाई समेत बुझाउने निर्णय गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक