२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय परीक्षा बोर्डले गर्यो कक्षा ११ को परीक्षाबारे यस्तो नयाँ निर्णय

२०७४, १४ कार्तिक मंगलवार ०२:२३

कात्तिक १४, काठमाडौँ । आगामी २०७५ सालको शैक्षिक सत्रबाट कक्षा ११ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन नगर्ने भएको छ । 

सो परीक्षा अब विद्यालय आफैँले सञ्चालन गर्नुपर्नेछ । कानुनमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ । 

हाल कक्षा १० को वार्षिक परीक्षा (एसईई) बोर्डको अनुमतिमा परीक्षा नियन्त्रण कार्यालयले तथा कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, “अब कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मेवारी विद्यालयलाई नै दिने भएका छौँ, जतिसक्दो छिटो त्यो जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छौँ । ”

उनले हालको परीक्षा नियन्त्रण कार्यालयलाई अभिलेखालयका रूपमा विकास गरिने प्रस्ट गरे । “परीक्षा नियन्त्रण कार्यालयमा १९९० सालदेखि हालसम्ममा प्राप्ताङ्कका अभिलेख भएकाले त्यसलाई अभिलेखालयका रूपमा विकास गर्नु उचित ठानेका छौँ”, अध्यक्ष डा. पौडेलले भने ।

बोर्डले यसै वर्षबाट कक्षा ११ को नतिजा अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धतिका आधारमा सार्वजनिक गर्ने भएको छ । बोर्डका सदस्यसचिव लक्ष्मीराम पौडेलले हालको मूल्याङ्कन प्रणाली वैज्ञानिक नभएको तर्क गर्दै उत्तीर्ण र अनुत्तीर्ण व्यवस्थालाई हटाउन खोजिएको बताए । यस वर्षको कक्षा ११ को परीक्षा गत असारमा सञ्चालन गरिएको थियो र आगामी मङ्सिरमा नतिजा सार्वजनिक गरिँदैछ ।

अध्यक्ष प्रा.डा. पौडेलले ‘सिङ्गल सब्जेक्ट सर्टिफिकेसन’को पनि थालनी गरिने जानकारी दिए । उनका अनुसार समग्र नतिजालाई जीपीएका आधारमा विश्लेषण गरिनेछैन ।

हालसम्म पनि बोर्डको प्रदेश–६ मा क्षेत्रीय कार्यालय स्थापना हुन सकेको छैन । उनले अब सबै प्रदेशमा छिटै प्रादेशिक संरचना स्थापना गरिने बताउँदै प्रादेशिक निकायले कक्षा १० को परीक्षा (एसईई) सञ्चालन गर्ने बताए । “आगामी वर्षबाटै बोर्डको प्रादेशिक निकायले एसईई परीक्षा सञ्चालन गर्ने गरी तयारी गर्दैछौँ, त्यसपछि हालको पनिका स्वतः खारेज हुनेछ”, उनले भने ।

यसैबीच बोर्डले कात्तिक १६ देखि १८ गतेसम्म धुलिखेलमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । सम्मेलनमा नेपालबाहेक भुटान, भारत, पाकिस्तान, मरिसस, सिङ्गापुर र बेलायतका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनले परीक्षा बोर्डको मूल्याङ्कन विधिका बारेमा नयाँ अवधारणा तय गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ