यी हुन् दोस्रो चरणको निर्वाचनमा चर्चामा रहेका १२ निर्वाचन क्षेत्र

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
4 Min Read

कात्तिक १७, काठमाडौं । शक्तिशाली नेताहरू एक आपसमा भिड्ने भएकाले यी केही क्षेत्रहरू यसपालीको निर्वाचनमा चर्चामा रहेका छन् ।

झापा १ : विश्वप्रकाश शर्मा र सुरेन्द्र कार्की

झापा १ मा वाम गठबन्धनका सुरेन्द्र कार्की (राम कार्की) र कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा उम्मेदवार बनेका छन्। उनीहरूबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिछन् ।

झापा ३ : कृष्ण सिटौला र राजेन्द्र लिङदेन

कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला समानुपातिकमा बस्न नचाहेर झापा ३ बाट प्रत्यक्ष उम्मेदवार भएका छन्। उनका प्रतिस्पर्धीका रूपमा राप्रपा महामन्त्री राजेन्द्र लिङदेन देखिएका छन्। लिङदेनलाई वाम गठबन्धनले समर्थन गर्ने भएपछि सिटौला दबाबमा परेका छन्।

मोरङ ६ : डा. शेखर कोइराला र लालबाबु पण्डित

दुई चर्चित नेताबीचको प्रतिस्पर्धाले मोरङ ६ चर्चामा छ। कांग्रेसका डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डितबीच यो क्षेत्रमा प्रतिस्पर्धा हुँदै छ।

चितवन ३ : पुष्पकमल दाहालको उम्मेद्वारी

चितवन ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी दिएका छन्। यो क्षेत्रबाट ०७० को निर्वाचनमा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए। कालिका कन्सट्रक्सनका मालिक पाण्डे बहालवाला वनमन्त्री हुन्। पाण्डेलाई कांग्रेसले समर्थन गरेको छ।

काठमाडौं १ : रविन्द्र मिश्र र प्रकाशमान सिंह भिड्दै

कांग्रेसको प्रभाव क्षेत्रका रूपमा रहेको काठमाडौं १ मा विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र उम्मेदवार बनेपछि चर्चामा आएको छ। यस क्षेत्रमा कांग्रेसबाट प्रकाशमान सिंह उम्मेदवार बनेका छन्। वाम गठबन्धनबाट माओवादी केन्द्रका अनिल शर्माले उम्मेदवारी दिएका छन्।

काठमाडौं २ : माधव नेपाल र दीपक कुइँकेल

काठमाडौं २ मा एमाले वरिष्ठ नेता माधकुमार नेपालले उम्मेदवारी दिएका छन्। कांग्रेसबाट निवर्तमान सांसद दीपक कुइँकेल उम्मेदवार बनेका छन्। नेपाल र कुइँकेलसँग विवेकशील साझा पार्टीका डा. सूर्यराज आचार्य प्रतिस्पर्धामा छन्।

काठमाडौं ४ : गगनथापाविरूद्ध राजन भट्टराई

दुई युवा नेताको उम्मेदवारीले काठमाडौं ४ चर्चामा छ। कांग्रेसका चर्चित युवा नेता गगन थापाविरुद्ध वाम गठबन्धनले एमालेका युवा नेता राजन भट्टराईलाई उम्मेदवार बनाएको छ। स्वास्थ्यमन्त्री भइसकेका थापा र नेपाल–भारत प्रबुद्ध समूहका सदस्य भट्टराईबीचको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ।

काठमाडौं ५ : ईश्वर पोखरेलविरूद्ध प्रकाशशरण महत

एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेस नेता डा. प्रकाशशरण महतबीच काठमाडौं ५ मा प्रतिस्पर्धा हुँदै छ। यो क्षेत्रमा विवेकशील साझा पार्टीले उज्ज्वल थापालाई उम्मेदवार बनाएको छ।

धनुषा ३ : विमलेन्द्र निधिविरूद्ध राजेन्द्र महतो

कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोको प्रतिस्पर्धाले धनुषा ३ चर्चामा छ। कांग्रेस र राजपाबीच तालमेलको प्रयास असफल भएपछि निधि र महतोबीच प्रतिस्पर्धा हुन लागेको हो।

सप्तरी २ : उपेन्द्र यादव पहिलो पटक सप्तरीमा

सप्तरी २ पनि चर्चामा आएको छ। यस क्षेत्रबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन्। उनी ०६४ र ०७० को संविधानसभा निर्वाचनमा सुनसरी र मोरङबाट निर्वाचित भएका थिए। उनलाई टक्कर दिन वाम गठबन्धनले संसद्मा कुर्सी मिल्काएर चर्चा कमाएका माओवादी नेता उमेश यादवलाई उठाएको छ।

गुल्मी २ : एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी

गुल्मी २ मा फेरि एकपटक एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुँदै छ। ०७० को निर्वाचनमा भण्डारीले ज्ञवालीलाई पराजित गरेका थिए। दुवै भाषण कलामा पोख्त छन्।

नवलपुर १ : कांग्रेस महामन्त्री डा. शशांक विरूद्ध हृदयेश त्रिपाठीबीचको प्रतिस्पर्धा

कांग्रेस महामन्त्री डा. शशांक कोइराला र सूर्य चुनाव चिह्न लिई स्वतन्त्र उम्मेदवारी दिएका हृदयेश त्रिपाठीबीचको प्रतिस्पर्धाले नवलपुर १ लाई चर्चामा ल्याइदिएको छ ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कोइराला नवलपरासीबाट विजयी हुँदै आएका थिए। त्रिपाठी भने केही समयअघि राजपा छाडेर स्वतन्त्र समूहका रूपमा चुनावी मैदानमा उत्रेका छन् । -नयाँ पत्रिका दैनिक

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply