2026-09-22 08:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हाई प्रोफाइल’लाई बागीको चिन्ता, बिजुक्छेको ‘ब्रेक’

कात्तिक १७, काठमाडौँ । नयाँ संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा तथा प्रदेश संरचनामा हुन लागेको पहिलो प्रदेशसभा चुनावमा शीर्ष नेताबीचको भिडन्त समेत भइरहेको छ, शीर्ष नेतालाई बागीको चुनौती समेत छ ।  

‘हाई प्रोफाइललाई बागीको चिन्ता’

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलविरुद्ध पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गरेका छन्। तनहुँ १ बाट टिकटको दाबी गरेका जोशीलाई संसदीय बोर्डले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गरेका हुन्।  

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध पनि महोत्तरी ३ मा बागी उम्मेदवारी दर्ता भएको छ। दोस्रो संविधानसभामा काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिई विजयी चन्द्रेश्वर झाले ठाकुरविरुद्ध उम्मेदवारी दर्ता गरेका हुन्। स्थानीय चुनावअघि झा राजपा नेपालमा प्रवेश गरेका थिए।

फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध पनि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका थिए। राजपाकै सहयोगमा सप्तरी २ मा यादव उम्मेदवार बनेका हुन्। 

सङ्घीय समाजवादी फोरमले टिकट नदिएपछि बबन सिंह रौतहट १ मा बागी उम्मेदवार बनेका छन्। २०६४ को संविधानसभा सदस्य निर्वाचनमा पनि सिंहले स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए।

सिन्धुलीमा गणेश पहाडीविरुद्ध एमालेकै कुमारबहादुर कार्की र माओवादीका हरिबोल गजुरेलविरुद्ध माओवादी केन्द्रकै रामकुमार पौडेलले उम्मेदवारी दिएका छन्।

एमालेको ओतमा हृदयेश

एमालेको चुनाव चिह्नमा चुनाव लड्नेगरी सहकार्य गरेका राजपा नेता हृदयेश त्रिपाठी नवलपरासी १ मा उम्मेदवार बनेका छन्। वाम राजनीति हुँदै मधेसी राजनीतिमा सक्रिय त्रिपाठी एमालेको चुनाव चिह्नमा चुनाव लड्न लागेका हुन्। 

तत्कालीन तमलोपाका संसदीय दलका नेता वृजेश गुप्ता पनि एमालेकै चुनाव चिह्नमा उम्मेदवार बनेका छन्। गुप्ता कपिलवस्तु २ बाट उम्मेदवार बनेका हुन्।

विजुक्छेको ब्रेक

२०४८ सालदेखि भक्तपुरमा नियमित रूपमा चुनाव लड्दै आएका नारायणमान विजुक्छेको प्रत्यक्ष चुनावी यात्रामा यस पटक ब्रेक लागेको छ।  ५ पटकसम्म भक्तपुरमा जनप्रतिनिधि बनेका बिजुक्छेले यस पटक प्रत्यक्ष चुनावमा मनोनयन नगरेका हुन्। भक्तपुर १ बाट बिजुक्छेको स्थानमा निवर्तमान सांसद प्रेम सुवालले मनोनयन गरेका छन्।

दुई दशकपछि सक्रिय राजनीति

दुई दशकपछि सक्रिय राजनीतिमा ‘कमब्याक’ गर्दै पूर्वसभामुख दमननाथ ढुङ्गाना भक्तपुर २ बाट उम्मेदवार बनेका छन्। काठमाडौँका स्थायी ढुङ्गाना २०४८ को निर्वाचनपछिका सभामुख थिए। 

कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा आएका वरिष्ठ अधिवक्ता ढुङ्गानासँग एमालेका युवा नेता महेश बस्नेत प्रतिस्पर्धामा छन्। पूर्वउद्योगमन्त्री रहेका बस्नेत यसअघि भक्तपुर २ बाटै पराजित भएका थिए।

उदय भर्सेस नवराज

नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवाल वाम गठबन्धनका तर्फबाट ललितपुर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका बनेका छन्। सरकारले प्रहरी महानिरीक्षक नबनाएपछि मुद्दा मामिलाका कारण सिलवाल चर्चामा आएका थिए। 

आइजीपीका प्रत्याशी सिलवालले एआईजी बढुवामा समेत पर्न नसकेपछि प्रहरी सेवाबाट राजीनामा दिएका थिए। सिलवालसँगको प्रतिस्पर्धामा लोकतानित्रक गठबन्धनबाट उदयशमशेर राणा छन् । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो