2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा जडिबुटी प्रसोधन केन्द्र स्थापना

कात्तिक १८, कालिकोट | तिलागुफा नगरपालिकाको छाप्रे गाउँको बालीमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिएको छ । कर्णाली हर्बल प्रोसेसिङ एन्ड रिसर्च सेन्टर प्रा.लि.ले उद्योग स्थापना गरेको हो । कर्णालीको बहुमूल्य जडिबुटी सस्तोमा निकासी गरेर प्रोसेसिङ पछि अत्याधिक महङ्गोमा किन्नुपर्ने बाध्यताको अन्त्य गर्न उद्योग सञ्चालनमा ल्याईएको हो । उद्योग स्थापनाका लागि १० लाखको लगानीमा भवन बनाउने योजना उद्योग सञ्चालकहरुले बनाएका छन् । 

खेर गइरहेका जडिबुटी र वनस्पति संकलन गरेर बजारीकण गर्न उद्योग स्थापना गरिएको त्यसले यहाँको उत्पादनमा बृद्धि हुने उद्योग सञ्चालक प्रेमबहादुर शाहीले बताए । ‘स्थानीय स्तरमा उत्पादन हुने जडिबुटीलाई प्रसोधन गरेर बजारीकरण गर्नका लागि उद्योग सञ्चालन गरेका हौं’ उनले भने, ‘अहिले हामी कच्चा साम्रगी जम्मा गर्ने र उद्योगलाई व्यवस्थित गर्ने तयारीमा छौं ।’ जिल्लाको छाप्रे, पाखा, ओदानकु, चिल्खाया, जुविथा, फोइमहादेव, राँचुली र जुम्लाको सिंजा भेकलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको उद्योगमा हाल वन कचुर, जटामसी (भुल्ते), सुगन्धवाल (समायो), पिर्रे, धुपी, टिमुर, सुनपाती, तीतेपाती प्रशोधन गरेर तेल निकाल्ने गरिएको उद्योग संचालक प्रेमबहादुर शाहीले बताए ।

‘जडिबुटी संकलन गर्ने गरेको र जटामसी ५० हजार रुपैयाँ क्वीन्टलमा गाउँमै खरिद गर्ने गरिएको छ’ उनले भने, ‘हामीले अहिले धेरै लाभ लिन सकेका छैनौ ।’ उद्योग सञ्चालक शाहीका अनुसार प्रशोधित तेलको मूल्य पनि उच्च छ । टिमुरको तेल प्रतिलिटर ३० देखि ३५ हजार, सुगन्धवाल ४० देखि ४५ हजार, वन कचुर ५ हजार रुपैयाँ प्रतिलिटरमा बिक्री हुने गरेको छ । जडिबुटीको तेल औषधिका लागि प्रयोग हुने गरेको छ ।

वनपाखा, खोल्साखोल्सीमा पाइने तीतेपाती, वन कचुर, पिर्रे घास, धुपी, भुल्ते (जटामसी) संकलन गरेर गाउँकै उद्योगमा बेचेर राम्रो आम्दानी लिन सक्ने स्थानीयबासी तथा एमाओवादीका जिल्ला अध्यक्ष दुर्गबहादुर रावतले बताए । ‘उद्योग स्थापानाले वनपाखामा खेर गरेको जडिबुटी संकलन गरेर राम्रो आम्दानी लिन सक्छन्’ उनले भने, ‘उद्योग स्थापना भएपछि स्थानीय केही आशाबादी भएका छन् ।’

कर्णाली हर्बल प्रोसेसिङ एन्ड रिसर्च सेन्टर प्रालिले १९ लाख लगानीमा स्थापना गरेको प्रसोधन उद्योगमा लगानी नुहदाँ घर समेत बनाउन सकेको छैन् । भवन नै नभएर चौरमा उद्योगको स्थापना गरिएको छ ।

भवनको अभाव भएका कारणले पानी परेको बेला बर्षा भएको बेला केही काम गर्न गाह्रो हुने गरेको सञ्चालक प्रेमबहादुर शाहीले बताए । ‘भवन अभाव छ । त्यसका लागि १० लाखको लगानीमा भवन बनाउने योजना उद्योगको छ’ उनले भने, ‘अहिले लगानी जुटाउन गाह्रो भएको छ ।’ कर्णालीलाई जडिबुटीको खानी नै मानिने गरेको छ । जडिबुटीको खानी मानिने कर्णालीमा यसको सहि उपयोग नुहुँदा त्यत्तिकै खेर जाने गरेको छ । घुच्ची च्याउ, रातो च्याउ, पाँचऔले, यार्सागुम्बा, कुटकी, लकडधुप, अत्तिसी, पदमचाल, जटामसी, सुगन्धवाल, टिमुर, पाखनवेद, सेतक चिनी (खिरौला), सिलाजित, कालो मुस्ली, विस्फेज, सुनगभा, गाम्डोल, बनालु, वनमुला, वन लसुन, झ्याउ, पाखन बोक्रा (काउलो), दाल चिनी, डाले चुक, लोक्ता, धुपी, तीतेपाती, पिर्रे, सतुवा, ढटेलोलगायतका १ हजार भन्दा बढी जडिबुटी कर्णालीमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ