2026-11-01 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

वीरेन्द्र शाहीको सालिक अनावरण

कात्तिक १८, कालिकोट | शसन्त्र द्धन्द्धको क्रममा माओवादीबाट हत्या गरिएका लालुका वीरेन्द्र शाहीको सालिक अनावरण गरिएको छ । सहिद शाहीको सम्झनामा उहाँको जन्मघर लालु बुढागडामा  सालिक स्थापना गरिएको हो । वीरेन्द्रबहादुर शाहीमा छोराहरुले बनाएको स्वर्गीय शाहीको सालिक शनिबार एक कार्यक्रमकाबीच नेपाली काँग्रेस कालीकोटका सभापति हर्षबहादुर वमले अनावरण गरेका हुन् ।

सालिक अनावरण गर्दै शसस्त्र द्धन्द्धका बेला माओवादीले स्वर्गीय शाहीको सामाजिक प्रभाव देख्न नसकेर हत्या गगरेको बताए । ‘शाहीले समाजमा राम्रो गरेको देख्न नसक्नेहरुले उहाँको हत्या गरे’ उनले भने, ‘कालीकोटबासी र काँग्रेस पार्टीप्रति शाहीले गरेको योगदान अतुलनीय छ ।’ पार्टीले सधै शाहीको योगदानको स्मरण गरेको भन्दै उनले अहिले पनि शाहीको अभाव महसुस भएको बताए । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा कालीकोटमा नेपाली काँग्रेसलाई जिताउन सके शाहीले गरेको सामाजिक गरेको योगदानको कदर र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाई छ ।  

कार्यक्रममा नेपाली काँग्रेस कालीकोटका सह–सचिव दमनबहादुर शाहीले स्वर्गीय वीरेन्द्रबहादुर शाहीले कालीकोटको बिकासका लागि देखेका सपना पूरा गर्न आसन्न निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे । स्थानीय बयोबृद्ध भैरे शाहीको सभापतित्वमा भएको सालिक अनावरण कार्यक्रममा नेपाल विद्यार्थी संघ कालीकोटका उपाध्यक्ष जगत बिष्ट, गजबहादुर रावल, नेपाली काँग्रेस साविकको लालु गाउँ कार्य समितिका सभापति नन्दनाथ योगीलगायतले स्वर्गीय शाहीको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा शाहीका छोरा प्रकाश शाहीले कोटवाडाका विमल दर्जीलाई बार्षिकरुपमा पढाई खर्च व्यहोर्ने घोषणा गर्दै रु ५ हजार हस्तान्रण गरेका छन् । विमल दर्जी खुट्टाको सहाराले अध्ययन गर्ने फरक क्षमताका विद्यार्थी हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय