2026-07-25 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पशुबली निषेधका लागी कालिकाेटमा अभियान

pashu bali birudhha kalikot

दलसि‌ह गिरी/चैत्र १०, कालिकाेट । जति जिब्रोको टेस्ट, उति पेटमा वेस्ट, जति पेटमा वेस्ट, उती रोगहरु बन्दछन् गेस्ट, जति बढ्दछन् गेस्ट, उती डाक्टरको चल्दछ टेस्ट, जति बढ्दछन् टेस्ट उती धनको हुन्छ वेस्ट, त्यसैले बन्धुहरु अमृत आरानै बेस्ट भन्ने मूल नाराका साथ नेपाल अहिंसाप्रेमी साकाहारी समाज नेपाल र श्री कृष्ण प्रणामी यूवा परिषद नेपालले कालिकोटमा पशुबली निषेध सचेतना कार्यक्रम गरेको छ ।

स्वस्थ जीवनको लागि आफू नै आफ्नो शरीरको डाक्टर बन्ने कलाको पारखी बनौं, दिनभर औषधीको पुरीयामा अल्मलिने खँस्कदो चालबाट संरक्षित हुन अमृताहारमा प्रबेश गरौं, जस्ता विभिन्न नाराहरु लगाउदै जिल्ला सदरमुकाम मान्म खाडाचक्र बजार परिक्रमा गरी प्रतिमाचोकमा एक प्रबचन कार्यक्रमकाे अायाेजना हाे ।

श्री कृष्ण प्रणामी यूवा परिषद शाखा कालिकोटका अध्यक्ष चन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा भएको सचेतना र्याली तथा प्रवचन कार्यक्रममा स्वास्थ्य बर्दक नारा र जनचेतनात्मक धार्मिक प्रवचन गरिएको छ । मानव जीवन २१ अाै‌ शताब्दीकाे युगमा दाैडिरहेका छाै दाैरा सुरुवाल गुन्युचाेलीबाट बिच्कीएर टाइसुट र मिनिस्कटमा खस्कीएका छाै बासका कलमले शास्त्र गुथने रित अाज लेक्टवमा बिश्व नजिक भएका छाै तर परम्परागत रिति रिवाजकाे नाममा अाज पनि असहाय प्रणाली माथि हमला गर्दै छाै भन्दै नेपाल अहिंसाप्रेमी साकाहारी समाज नेपाल र श्री कृष्ण प्रणामी यूवा परिषद नेपाल काठ्माण्डौबाट आएको ३२ जनाको टोलीले शिष्टाचार, सदाचारका लागि यो अभियानको आयोजना गरेको जनाएको छ ।

काठ्माण्डाैबाट सुरु भएकाे यो नेपालगंज, सुर्खेत, दैलेख हुदै कालिकोट पुगेकाे र अब जुम्ला, मुगु हुदै कर्नालीका सबै जिल्ला सम्म पुग्ने योजना रहेको आयोजकले जनाएको छ । कालिकाेटमा बिभिन्न चार्ड पर्व र देवी देवताकाे नाममा बर्षेनी हजाराै खसीबाेकाकाे बली दिने गरिन्छ भने मासु खानकै लागि मात्र जिल्ला सदरमुकाम मान्ममा दैनिक ३ दर्जन बढी खसीबाेका र ५० बढी कुखुरा काट्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ