2026-09-22 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छापियो प्रत्यक्षको नयाँ मतपत्र, मतदाताले तीन मतपत्रमा छाप हान्नुपर्ने

कात्तिक १९, काठमाडौँ | निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापेको छ । सर्वोच्च अदालतको आदेशअनुसार आयोगले ३२ जिल्लाका लागि मतपत्र छपाइ कार्य सकेको हो । आगामी १० मंसिरमा प्रतिनिधिसभाका ३७ र प्रदेश सभातर्फ ७४ सिटमा हुने निर्वाचनमा ३२ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुनेछन् ।

मतदाताभन्दा २० प्रतिशत बढी मतपत्र छाप्ने प्रचलन छ । समानुपातिक निर्वाचनका लागि आवश्यक मतपत्र भने आयोगले १० कात्तिकभन्दा अघि नै छापिसकेको छ । अहिले निर्वाचन सामग्री जिल्ला–जिल्ला पठाउने काम भइरहेको आयोगले जनाएको छ ।

यस्तो बन्यो प्रत्यक्षको मतपत्र 

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र सुरुमा एउटै पानामा दुईवटा मतपत्रको ढाँचा तयार गरेको थियो । तर, सर्वोच्च अदालतले छुट्टाछुट्टै पानामा छाप्न आदेश दिएपछि नयाँ ढाँचा बनाएर आयोगले मतपत्र छाप्न थालेको हो । नयाँ ढाँचाअनुसार प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रमा हरियो रङमा निर्वाचन चिह्न अंकित हुनेछन् । त्यसैगरी, प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्रमा कालो रङका निर्वाचन चिह्न अंकित हुनेछन् । ती मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ ।

निर्वाचन आयोगका अनुसार अब मतदाताले तीनवटा मतपत्रमा छाप लगाउनुपर्नेछ । रातो रङ भएको मतपत्र समानुपातिक निर्वाचन प्रणालीको हुनेछ, जुन पानाको माथिल्लो भागमा प्रतिनिधिसभाको मतपत्र हुनेछ भने तल्लो भागमा प्रदेश सभाको मतपत्र हुनेछ । एउटै पानामा रहेका दुईवटा मतपत्रको दुवैमा मतदान गर्नुपर्नेछ । प्रत्यक्षतर्फको मतपत्रमध्ये कालो रङको प्रदेश सभा र हरियो रङको प्रतिनिधिसभाको मतपत्र भएकाले मतपेटिका पनि ती मतपत्रका लागि छुट्टाछुट्टै राखिएको हुन्छ । – नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो