२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

विपद पूर्व तयारीका लागि अनुशिक्षण

२१ चैत्र २०७२, आईतवार ११:१५

kalikot news tayariदलसिंह गिरी/चैत २१, कालिकोट । बिपद जोखिमबाट बढी प्रभावित मानिने विद्यालयहरुमा विपद रहित भौतिक संरचना निर्माण तथा सुरक्षित विद्यालय ब्यवस्थापनका लागि विद्यालय निरिक्षकहरुलाई अभिमुखिकरण गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय कालिकोटबाट परिचालित विद्यालय निरिक्षकहरुलाई विद्यालयमा हुने विपद जोखिम न्यूनिकरण र उत्थानशिल शिक्षालाई विद्यालयमा विस्तार गरी विपद जोखिम न्यूनिकरण तथा विद्यालय सूधार योजना निर्माणका लागि अभिमुखिकरण गरिएको हो ।

किर्डाक नेपाल कालिकोट, सेभ द चिल्ड्रेनको समन्वयमा जिल्ला शिक्षा कार्यालय कालिकोटले आफ्नै सभा हलमा संचालन गरेको अभिमुखिकरणमा विद्यालय सुधार योजना, अनुशिक्षणका लागि सहयोगी तालिम पुस्तीका निर्माणबारे छलफल भएको सेभद चिल्ड्रेन कालिकोटका चेतराजपाध्यायले बताउनु भएको छ । अभिमुखिकरणमा जिल्लाका ६ वटा श्रोत केन्द्र कोटवाडा, जुविथा, रास्कोट, थिर्पू मान्म र गेलामा श्रोत केन्द्र स्तरिय अनुशिक्षण गर्ने कार्ययोजना समेत निर्माण गरिएको पाध्यायले बताउनु भएको छ ।

जिल्लामा संचालित सबै विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुलाई दिइने श्रोत केन्द्र स्तरिय अनुशिक्षणमा विद्यालय सूधार योजनाको पुनरावलोकन गरी विपद पूर्व तयारी सम्बन्धि आवश्यक विषयबस्तु समावेश गर्ने योजना निर्माण गर्न विद्यालय सुधार योजनाको ढाँचा तथा त्यस भित्रका विषय वस्तुहरु, वार्षिक विद्यालय सुधार योजना अद्यावधिकका चरणहरु, वार्षिक विद्यालय सुधार योजना अद्यावधिक, विद्यालय स्तरीय कार्यशालाको खाका, विद्यालय स्तरीय कार्यशालाको विस्तृत सत्र योजना र विद्यालयमा विपद् पूर्वतयारी सम्वन्धी सन्दर्भ सामग्रीहरु बारेमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय कालिकोटका शाखा अधिकृत मोतिलाल महताराको अध्यक्षतामा आयोजित अभिमुखिकरणको सहजिकरण विद्यालय निरिक्षक लालप्रसाद पोखरेल र सेभदचिल्ड्रेनका शिक्षा अधिकृत चेतराज पाध्यायले गर्नु भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ