2026-07-24 08:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता चिनेर भोट हाल्ने दिन कहिले आउला ?

कात्तिक २०, काठमाडौँ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सुगम र सुविधा सम्पन्न ठाउँमा चुनावी सरगर्मी बढिसकेको छ। उम्मेदवारसहित दलका नेता–कार्यकर्ता पटकपटक मतदाताकहाँ पुगिरहेका छन् ।

जाजरकोटका दुर्गम गाउँमा भने जनताले उम्मेदवारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यता छ। भौगोलिक विकटता र यातायात असुविधाका कारण मतदाताले उम्मेदवारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यता भएको हो । 

चुनावको मिति नजिकिँदै गर्दा दलहरूले केही ठाउँमा चुनावी सभा र घरदैलो कार्यक्रम गरे पनि दुर्गममा गाउँमा भने चुनावको चहलपहल नै छैन। ‘कताकता कार्यक्रम हुन्छन रे तर हाम्रो ठाउँमा त नेताका अनुहार कसैले देख्न पाएका छैनन्,’ बारेकोट गाउँपालिका–३ का रामबहादुर रोकायले टेलिफोनमा भने।

‘भोट हाल्नुपर्ने नेताका कुरा सुन्न र अनुहार देख्न नपाउँदा दुःख लाग्छ,’ उनले भने। दुर्गममा मतदातासँग गाउँस्तरका कार्यकर्ताले नै नेताको प्रशंसा गरेर मत माग्ने दुर्गमको चुनावी प्रचार शैली बनेको स्थानीय शिक्षक भूमिलाल रोकायले बताए।

‘अरू बेला नेता देख्ने र भेट्ने कुरै भएन, चुनावमा भेटेर गाउँका समस्या राख्ने हो, त्यो पनि अवसर जुट्दैन,’ छेडागाड नगरपालिका–७ टीकाचौरका यामलाल पुनले राजधानीसँग भने। ‘हाम्रो बस्तीका मतदाताले चुनावमा नेता चिनेर अंकमाल गर्दै भोट हाल्ने दिन कहिले आउला,’ उनी भन्छन्।

‘पार्टी र उम्मेदवारको नाम सुनिन्छ तर भेट हुने छाँट छैन,’ जुनीचाँदे गाउँपालिका–७ जुर्कका रामकृष्ण घर्तीले गुनासो गरे। उनी यसपटक उम्मेदवार गाउँ आए भने गाउँको विकास गर्न अनुरोध गर्न नपाई भोट हाल्नुपर्ने बाध्यता हटाउने योजनाबारे सोध्ने योजनामा छन्। तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटका अधिकांश ठाउँमा चुनावी प्रचारप्रसारमा राजनीतिक दलका नेता–कार्यकर्ता र उम्मेदवार पुग्ने अवस्था छैन।

अप्ठ्यारो भूगोल र यातायात असुविधाका कारण सबै मतदातासँग भेट्ने चाहना पूरा नहुने वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले बताए।

‘सबै मतदातको भावना बुझ्न सकियोस भन्ने हो तर बाध्यता छ। त्यो सम्भव छैन तर सबै जनताको चाहना र भावनाको प्रतिनिधित्व गर्ने मेरो प्रतिबद्धता हो,’ बस्नेतले भने। चाहेर पनि सबै ठाउँमा पुग्न सम्भव नभएको नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राजीवविक्रम शाहले बताए। ‘सबै ठाउँमा पुग्न नसके पनि कार्यकर्ता परिचालन गरेको छु,’ शाहले भने।

१० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनमा वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा देखिएको छ। स्थानीय तहको निर्वाचनको दलहरूले प्राप्त गरेको मतका आधारमा वाम गठबन्धन बलियो देखिएको छ। यो खबर वीरबहादुर गिरीले आजको राजधानीमा लेखेका छन् ।

सातवटा स्थानीय तहमध्ये पाँचवटामा वाम गठबन्धनले जितेको छ भने दुईवटामा कांग्रेसले जितेको छ। प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट राष्ट्रिय राजनीतिक छवि बनाएका पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र लोकतान्त्रिक गठबन्धनका तर्फबाट समाजसेवा गरेर चर्चा कमाएका राजीवविक्रम शाह चुनावी मैदानमा छन्।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जाजरकोट–१ बाट निर्वाचित बस्नेत र २ बाट निर्वाचित शाह अहिले एउटै क्षेत्रमा एकअर्काको प्रतिस्पर्धी छन्। त्यस्तै, नयाँ शक्ति नेपालका शेरबहादुर शाही, संघीय समाजवादी फोरमका रतनबहादुर बोहरा र एकीकृत राप्रपा राष्ट्रवादीका युद्धवीरसिंह पनि चुनावी मैदानमा छन्।

स्थानीय तह निर्वाचनमा एमालेले २० हजार ६ सय मत ल्याएर पहिलो भएको छ भने कांग्रेसले १८ हजार ४ सय ३९ मत ल्याएर दोस्रो भएको छ। त्यस्तै, माओवादीले १७ हजार ४ सय ६१ मत ल्याएको छ।

प्रदेशसभातर्फ वाम गठबन्धनबाट प्रदेश (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंह र (ख) नेकपा एमाले करवीर शाही, लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश (क) वेदराज सिंह र प्र्रदेश (ख) मा दीपकजंग शाह प्रतिस्पर्धामा छन्।

नयाँ शक्ति नेपालबाट प्रदेश (क) भक्तबहादुर शाह प्रदेश (ख) मा महेन्द्रप्रसाद शर्मा प्रतिस्पर्धामा छन्। एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका प्रदेश (क) टेकबहादुर खड्का, नेकपा माक्र्सवादीका तर्फबाट प्रदेश (ख) जनक चलाउने, संघीय समाजवादी फोरमका तर्फबाट प्रदेश (क) मा रामप्रसाद पौडेल प्रतिस्पर्धामा छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक