By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    16 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    19 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    19 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    19 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    22 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: किशोरकिशोरीका अमेरिका सपनाः कलिलैमा अवैध बाटो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > किशोरकिशोरीका अमेरिका सपनाः कलिलैमा अवैध बाटो
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

किशोरकिशोरीका अमेरिका सपनाः कलिलैमा अवैध बाटो

साझासवाल
Last updated: November 6, 2017 1:37 am
साझासवाल
5 Min Read
Share

कात्तिक २०, काठमाडौं । हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ । 

अमेरिकी सरकारले नै आफ्ना माइनर केन्द्र (बालबालिका राखिने स्थान) हरूमा किशोरकिशोरी रहेको जानकारी नेपाली दूतावासलाई दिएको छ । आठ/नौ कक्षा पढ्दै गरेका विद्यार्थीसमेत यसरी अमेरिका पुग्न थालेपछि अमेरिकी सरकारले चासो देखाउँदै कूटनीतिक जानकारी दिएको हो। अमेरिका जाने गौंडाका रूपमा रहेका कोस्टारिका र पानामाले समेत केही माइनर केन्द्रमा नेपाली रहेको जानकारी अमेरिकास्थित नेपाली दूतावासलाई दिएका छन्। 

विद्यालय शिक्षा पूरा गर्नुपर्ने उमेरका नेपाली किशोरकिशोरी यसरी अवैध रूपमा बाहिरिनु निकै गम्भीर रहेको भन्दै अमेरिकाले नेपाली दूतावासलाई सोधेको हो।

अमेरिका प्रवेश गरेका किशोरकिशोरीसँग कुनै कागजात हुँदैनन् र उनीहरू कति उमेरका हुन् भन्ने जानकारी नै हुँदैन। तर उनीहरू झट्ट हेर्दा निकै कम उमेरका देखिन थालेपछि नेपालबाट उनीहरूको विवरण मगाएरै अमेरिकाले दूतावासलाई जानकारी दिएको परराष्ट्र अधिकारीले बताए। 

वासिङटन डीसीस्थित नेपाली दूतावासका अनुसार अहिले पनि अमेरिकी केन्द्रमा १६ किशोरकिशोरी छन्। केहीको पुष्टि हुन बाँकी छ। केही उमेर पुगेर जेलमा स्थानान्तरण गरिएका छन् भने केही वकिलको सहायतामा त्यहीँ काम गरेर कागज बनाउने प्रक्रियामा छन्। यो खबर चन्द्रशेखर अधिकारीले आजको कान्तिपुरमा लेखेका छन्।

किशोरकिशोरीलाई समेत मानव तस्करले प्रभावमा पारेर विदेश लैजान थालेपछि अमेरिका गम्भीर बनेको दूतावासले जनाएको छ। अमेरिकी सरकारले जानकारी दिएभन्दा बढी किशोरकिशोरी रहेको अनुमान दूतावासको छ।

अहिले दिइएको तथ्यांकमा दुई किशोरीसमेत रहेको अधिकारीहरूले बताए। युवाका विषयमा खासै गम्भीर नबनेको दूतावास किशोरकिशोरीसमेत भेटिएपछि गम्भीर बनेको उल्लेख गर्दै एक अधिकारीले भने, ‘अमेरिकी चासो बढेपछि दूतावास झस्केको हो।’ यो जानकारी दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा समेत पठाएको छ।

‘हो, अवैध रूपमा अमेरिका प्रवेश गर्नेमा माइनर (कम उमेर) समेत परेपछि हामी थप गम्भीर भएका छौं। पहिले पनि जालो तोड्न हामीले मेहनत गरेका हौं तर सकिएको छैन, प्रयास जारी छ,’ अमेरिकाका लागि नेपाली राजदूत डा. अर्ज‘न कार्कीले भने। 

उनले अमेरिकी सरकार र दक्षिण अमेरिकी सरकारको सहयोगबिना मानव तस्करीको जालो तोड्न सहज नरहेको उल्लेख गर्दै भने, ‘अब यसलाई कसरी रोक्ने भन्ने विषयमा अमेरिका, दक्षिण अमेरिकी तथा अफ्रिकी मुलुकसँग छलफल अघि बढाउन आवश्यक छ।’

यस अलावा नेपालका दूतावास तथा सुरक्षा निकायबीच सहकार्यमा ध्यान जानुपर्ने पनि राजदूत कार्कीले बताए। नेपालीहरू तान्जानिया, केन्याबाट दक्षिण अमेरिकाका विभिन्न मुलुक हँ‘दै मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने गरेका छन्। पानामा, निकारागुवा, होन्डुरस, कोलम्बियालगायत मुलुकका जेलमा पनि नेपाली खाली हुँदैनन्। 

नेपालीसँग अनुहार मिल्ने विदेशी पनि आफूलाई नेपाली भन्दै अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेका छन्। खास गरी भुटान, फिजी, मरिसस, भारत, मलेसिया, पाकिस्तान र बंगलादेशीमध्ये कतिपयले नेपाली राहदानी नै बोकेर आउने गरेको जानकारी दूतावाससँग छ। ‘कोस्टारिकामा पनि बालक रहेको जानकारी पाएको थिएँ। 

पछि छुटेको जानकारी आयो,’ राजदूत कार्कीले भने। कोस्टारिकामा निस्कने ‘अमेरिकन युजएक्सपेक्टो कोस्टारिका’ नामक पत्रिकाको अनलाइन संस्करणमा यस्तो तस्करीको सञ्जालमा अफ्रिकी, दक्षिण एसियाली र केही ब्राजिलियन नागरिक संलग्न रहेको उल्लेख छ।

नक्कली कागजात वा बिनाकागजपत्र यस्ता नेपाली त्यसतर्फ जाने हुनाले रोक्न र अध्ययन गर्न सहज भने छैन। नेपालबाट जन्मदर्ता मगाएर ट्राभल डकुमेन्ट बनाउने गरेको पाइएको पनि दूतावासले उल्लेख गरेको छ। 

दूतावासमा मानिस उपस्थित नै नभई पासपोर्ट बन्ने कारणले पनि समस्या रहेको हो। कागजात पठाएकै भरमा राहदानी बनाउने प्रक्रिया आफंैमा ‘शंकास्पद’ भएको र यसमा कर्मचारी र उनीहरूका नातेदारको मिलेमतो भएको हुन सक्ने अनुमान केही परराष्ट्र अधिकारीहरूको छ। यसलाई प्रहरीको विशेष अनुसन्धान ब्युरोले अध्ययन गर्नुपर्ने बताउँदै आए पनि परराष्ट्र मन्त्रालय नै असहयोगी बनेको ती अधिकारीहरूको भनाइ छ।

नेपालबाट नागरिकता नै लिएको व्यक्ति भए पनि दुई वर्ष अमेरिका तथा दक्षिण अमेरिकामा माइनर (बालबालिका समूह) हुन्छन्। १८ वर्ष नकटी अमेरिकाले उनीहरूलाई युवाको वर्गमा राख्दैन। 

मानव तस्करहरूले सुरुमा २०/२५ लाख लाग्ने जानकारी दिए पनि ५० लाखभन्दा बढी रकम लाग्ने गरेको अमेरिका पुगेका बालबालिकाले समेत स्विकार्ने गरेका छन्। यो विषयमा सरकार तथा सम्बन्धित निकाय सबै जानकार रहे पनि रोक्न कतैबाट प्रयास भएको देखिँदैन।

‘तपाईंहरू समाचार त लेख्नुहुन्छ। पढ्छन् पनि, तर यसमा थप अध्ययन गर्दैनन्। गर्न खोजे रोकिदिन्छन्। यो ठूलो सञ्जाल छ। यसैले मानव तस्करी रोकिएको छैन,’ एक अधिकारीले भने, ‘सजिलै रकम कमाउने यो जालोलाई तोड्न कठिन छैन, तर कोही चाहँदैनन्।’ 

वासिङटन डीसीस्थित नेपाली दूतावासले राहदानी बनाउन सम्बन्धित व्यक्ति नै आउनुपर्ने नियम बनाए पनि कतिपयले साथीकामा गएर डकुमेन्ट पठाउने हुनाले यस्ताका हकमा पासपोर्ट बनेको हुन सक्ने आशंका उनीहरूकै छ। 

मानव तस्करको पछि लागेर २३ महिनासम्म समय लगाएर अमेरिका छिरेको हुनाले उनीहरूप्रति सहानुभूति राख्दा यस्तो अवस्था आएको हो। ‘सामान्य पढेलेखेका बालबालिकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोज्नु आफंैमा दु:खद हो। यसमा सबैको ध्यान जान आवश्यक छ,’ दूतावासका एक अधिकारीले भने।

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेता चिनेर भोट हाल्ने दिन कहिले आउला ?
Next Article अकुत सम्पत्तिमा तानिए पूर्वआईजीपी अर्याल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

युएईले यमन युद्धमा सैनिक कटौती गर्ने घोषणा

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

विदेशबाट फर्किएकालाई आफ्नै गाउँमा सीप र रोजगारी : मुख्यमन्त्री राउत

57 years ago
काठमाडौँ - KTMखेलकुद

विश्वकपमा अर्जेन्टिनाकै लयमा जर्मनी, जापानको सानदार जित

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKअर्थ/विकासइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?