2026-09-22 08:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण असारदेखि

कात्तिक २०, काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य असारअघि नै सुरु हुने भएको छ । 

सुरुङमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार लगभग अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । सडक विभागअन्तर्गतको वैदेशिक महाशाखाका अनुसार सुरुङमार्ग निर्माणका लागि आगामी जनवरीभित्रै टेन्डर आह्वान गरिनेछ । 

ठेकेदार कम्पनी छनोट जेठ महिनासम्म सकिने र त्यसपछि निर्माणको काम सुरु हुनेछ । महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले डिपिआर तयारी अन्तिम चरणमा पुगेकाले सुरुङमार्ग निर्माणको काम चाँडै हुने बताए । यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

४.५१ किमि सडकमध्ये सुरुङमार्ग २.४५ किमि

सडक विभागका अनुसार नागढुंगास्थित नेपाल आयल निगमको डिपोबाट सुरु भई सिस्नेखोलासम्मको सडकखण्ड ४.५१ किलोमिटर हुनेछ । त्यसमध्ये सुरुङको भाग २.४५ किमि हुनेछ । सुरुङमार्ग निर्माणको सम्पूर्ण काम ४२ महिनामा सकिने विभागले जनाएको छ । 

सुरुङमार्गको कुल बजेट २२.५६ अर्ब अनुमान गरिएको छ । त्यसमध्ये १६.५६ अर्ब दातृ निकाय जापान इन्टरनेसनल कर्पोरेसन एजेन्सी (जाइका)को हुनेछ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारको रहनेछ । जाइकाले दिने आर्थिक सहयोग सहुलियत ऋण हो । त्यसबापत नेपाल सरकारले जापानलाई १० वर्षपछि ०.०१ प्रतिशतका दरले ब्याज भुक्तान गर्नुपर्छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरका अनुसार जापानको सहुलियत ऋणबाट बन्न लागेको यो नेपालकै पहिलो परियोजना हो । ‘सुरुङमार्ग निर्माणका लागि जापानले सहुलियत ऋण दिएको छ । यसले महत्वपूर्ण अर्थ राख्छ । नेपालको पूर्वाधार निर्माणमा यसलाई कोसेढुंगाका रूपमा लिनुपर्छ,’ मन्त्री बलायरले भने ।

यस्तो हुनेछ सुरुङमार्ग

महाशाखाका अनुसार सुरुङमार्ग तीन लेनको हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट गुड्नेछन् । बाहिरिने सवारीसाधान एक लेनबाट जानेछन् । ‘सुरुङमार्ग तीन लेनको हुनेछ । दुईवटा लेनबाट सवारीसाधन भित्रिने र एक लेनबाट बाहिरिनेछन् । उपत्यका भित्रिने सवारीसाधन लामो दूरी तय गरेर आउँछन् । बिग्रने डर हुन्छ । यसका लागि दुई लेन छुट्याइएको हो । तर, बाहिरिनेमा त्यस्तो समस्या हुन्न,’ महाशाखा प्रमुख श्रेष्ठले भने ।

उनका अनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कम्तीमा २५ र बढीमा ५० रुपैयाँ ‘टोल ट्याक्स’ तिर्नुपर्ने हुन्छ । यात्राको समय छोटिने मात्र नभई सुविधासम्पन्नसमेत हुने भएकाले ‘टोल ट्याक्स’ प्रणाली राखिने उनले बताए । ‘पेइङ रोडका रूपमा विकास गर्न लागिएको हो यो सुरुङमार्ग । विदेशमा यस्ता धेरै सडक छन्,’ उनले भने ।

ट्राफिक समस्या शतप्रतिशत नियन्त्रण हुने दाबी

सुरुङमार्ग निर्माणपछि उपत्यकाबाट बाहिरिने सवारीसाधनले भोग्ने गरेका ट्राफिक समस्या शतप्रतिशत नियन्त्रण हुने विभागको दाबी छ । विभाग नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई नमुना प्रोजेक्टका रूपमा विकास गर्र्ने योजनामा छ । यो सुरुङमार्ग निर्माण सम्पन्न भएलगत्तै अन्य ६ स्थानमा यस्तै खालको सुरुङमार्ग निर्माण गरिने विभागको तयारी छ ।

‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सक्नासाथ सम्भावनाका अन्य ढोका खुल्नेछन् । त्यसपछि उपत्यकाको ५–६ स्थानमा यही मोडेलअनुसार सुरुङमार्ग निर्माण गरिनेछ । 

त्यसैले यो हाम्रा लागि आँखा खोल्ने प्रोजेक्ट हो,’ महाशाखा प्रमुख श्रेष्ठले भने । यो प्रोजेक्ट सफल भए सुरुङमार्गबाटै उपत्यकालाई नुवाकोट हुँदै रसुवाको केरुङ नाकासम्म जोड्न सकिने महत्वाकांक्षी योजना अघि बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो