2026-09-16 08:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा चार बर्षमा दुइसय पक्कि सीचाई कुलाहरु निर्माण हुने

kalikotma kulaदलसिंह गिरी/चैत्र २२, कालीकोट । जिल्लाका बिभिन्न गाविसहरुमा चार बर्षमा दुइसय पक्कि सीचाई कुलाहरु निर्माण हुने भएका छन् ।

नेपाल सरकार र स्विस सरकारको आर्थीक तथा प्राबिधिक सहयोगमा कालीकोट जिल्लामा संचालीत साना सिंचाई कार्यक्रम एसआइपी द्धारा यी कुलाहरुको निर्माण हुने भएको हो ।

कूलो निर्माणका क्रममा सम्झौता पछि स्यूना गाविसको १ हजार, ४ सय, २८ मिटर लामो सान्तीघाट सिचाई कूलो १९ लाख, ७९ हजार, २७३ तथा १ लाख, ३१ हजार, ७५१ जनश्रमदानमा निर्माणको काम सूरु भएको छ ।

यो कूलोको निर्माण पश्चात १ सय २३ घरधुरीका स्थानीयवासी लाभान्वित हुने भएकाछन् । यसैगरी स्यूना गाविसकै औलसेन सिचाई कूलोको पनि निर्माण कार्य सुरुभएको छ । १७ सय ३६ मिटर लामो कूलो निर्माण भएपछि २४ हेक्टर जग्गा सिचाई हुने र यस कूलोबाट ९२ घरधुरीका स्थानीयवासी लाभान्बित हुने भएकाछन् ।

कूलो निर्माण कार्य सम्पन्न गर्न ४२ लाख, ८९ हजार तथा २ लाख ७९ हजार जनश्रमदानबाट खर्चिने जनाइएको छ । यसैगरी रापानी सिचाई कूलो मुम्राको निर्माण कार्य सम्पन्न भएपछि वडा नं. ४ देखी ९ सम्मका ६५ घर धुरीका स्थानियवासी लाभान्बित हुने भएका छन् ।

३२ लाख, १ हजार, १०७ तथा स्थानियको २ लाख, १३ हजार, २०७ रुपैया जनश्रमदानबाट ११ सय १४ मिटर लामो कूलो निर्माण भएपछि १७ हेक्टर जग्गा सिंचित हुने भएको छ ।

एसआइपीका सब इन्जिनियर कमल रावले दिएको जानकारी अनुसार ४ बर्ष भित्र जिल्लाका बिभिन्न गाविसमा २ सय बढि पक्कि कूलोको निर्माण गर्ने अभियानमा लागेकाछौ, यसमा सबैले गुणस्तरीय कामका लागि पहल गर्न जरुरी छ ।

यसैगरी भर्ताको छाती, कालीकाको समलागाँउमा पनि यस्तै सिचाइ कूलोको निर्माण कार्य आरम्भ गरीएको जनाइएको सबइन्जिनियर रावलले बताउनु भएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु