६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ इन्टरनेट भित्र्याउने तयारी पूरा: भारतीय एकाधिकार अन्त्य हुँदै, के-के छन् फाइदा ?

२१ कार्तिक २०७४, मंगलवार ०३:२८

कात्तिक २१, काठमाडौं । नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । 

गत मंसिरमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल (सीटीजी) बीच भएको सम्झौता अनुरूप टेलिकमले व्यावसायिक रूपमा चाइनाबाट इन्टरनेट ल्याउने तयारी गरेको हो । यसका लागि टेलिकमले गत हप्ता नै आफ्नो तर्फबाट सम्पूर्ण काम सकिएको जानकारीसहित व्यावसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले सीटीजीलाई पत्राचार गरिसकेको छ ।

टेलिकमका सहप्रवक्ता शोभन अधिकारीका अनुसार चिनियाँ इन्टरनेट भित्र्याउन नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ । ‘यताबाट आवश्यक तयारी पूरा भएसँगै हामीले पत्राचार गरिसकेको हो’, उनले भने, ‘यो काम अबको एक हप्ता पूरा हुनेछ ।’

नेपालतर्फ धादिङबाट रसुवासम्म झन्डै ९० किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । उता चीनतर्फको काम चीनले यसअघि नै गरिसकेको थियो । चिनियाँ इन्टरनेट जोडिएसँगै इन्टरनेटमा भारतको एकाधिकारको अन्त्य हुनेछ ।

अहिलेसम्म नेपालमा भारतीय सञ्चार निगममार्फत भैरहवा, वीरगन्ज र विराटनगर हुँदै इन्टरनेट भित्रिरहेको छ । भारतीय बजारबाट आउने इन्टरनेट टाटा कम्युनिकेसन र एयरटेलको मात्रै छ । 

छिट्टै सरकारले भारतीय कम्पनी रिलायान्स कम्युनिकेसनबाट पनि नेपालमा इन्टरनेट सेवाको सम्झौता गर्ने जनाएको छ । चाइनाबाट आउने इन्टरनेटको व्यावसायिक सूरुवातसँगै रसुवाको जिलोङ गेटवे हुँदै नेपालमा इन्टरनेट सेवा भित्रिनेछ ।

रसुवाको जिलोङ हुँदै नेपाल र चीनलाई इन्टरनेटको स्थलमार्गबाट जोड्न आईपी सर्भिस उपलब्ध हुनेछ । यसो हुँदा हाल दुईवटा कम्पनीबाट मात्रै आएको इन्टरनेट अब बाँडिएर चारवटा पुग्नेछ । चिनियाँ इन्टरनेट आएपछि थप सहज र सस्तो हुने दाबी गर्न सकिन्छ ।

अहिलेसम्म नेपालमा भारतीय सञ्चार निगममार्फत भैरहवा, वीरगन्ज र विराटनगर हुँदै इन्टरनेट भित्रिरहेको छ । यसका साथे अहिलेसम्म भारतबाट आइरहेको इन्टरनेट समुन्द्रको बाटो हुँदै आएको थियो । अब आउने इन्टरनेट जमिन मुनिबाट आउनेछ । यसले इन्टरनेटको व्यान्डविथसमेत राम्रो हुने अधिकारी बताउँछन् । 

उनका अनुसार इन्टरनेट मर्मतको हिसाबले पनि सहज हुनेछ । ‘चाइनाबाट आउने इन्टरनेट नेपालमा प्रयोग भइरहेको इन्टरनेट व्यान्डविथको तुलनामा पाँच प्रतिशत पनि छैन’, उनले भने, ‘यो सुरु भएसँगै चाइनाबाट आउने इन्टरनेटको ब्यान्डविथ पनि थप्दै जान सकिन्छ ।’ 

यसले इन्टरनेटको मूल्यमा पनि कमि आउन सक्ने अपेक्षा गर्न सकिन्छ । नेपाललाई इन्टरनेटको ट्रान्जिट बिजनेस गर्ने अवसर पनि प्रदान गर्नेछ । नेपालले भारतको इन्टरनेट चीन र चीनको इन्टरनेट भारतमा बेच्न सक्नेछ । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति