२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दाहाँबाट सुरु भयो पूर्ण खोप युक्त अभियान

५ बैशाख २०७३, आईतवार १३:४१

दलसिंह गिरी/ बैशाख ५, कालिकोट । जल्ला सदरमुकाम मान्म संगै जोडिएको दाहाँ गाविसलाई जिल्लाकै पहिलो पूर्ण खोप युक्त गाविस घोषणा गरिएको छ । गाविसका सबै बालबालिकाहरुले पूर्ण खोप पाएको भन्दै यहि गएको चैत्र ३० गते एक भव्य कार्यक्रमको आयोजना गरी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यता, जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष एवं निमित्त स्थानीय विकास अधिकारी भोला प्रसाद चाँपागाईको विशेष आथित्यता, जिल्ला स्वास्थ्य प्रमुख डा शंकर लोहला, प्रहरी नायव उपरीक्षक किसन सिंह बुडाल, जिल्ला स्थीत विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख प्रतिनिधी हरुको उपस्थीति, सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा दाहाँलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।

स्वास्थ्य चौकि दाहाँले गाविसमा रहेका १२ देखि २३ महिनाका १३४ जना बालबालिकाहरुलाई एक बर्ष भित्र दिइनु पर्ने सबै खोप दिईसकेको प्रतिवेदन जिल्ला पूर्ण खोप समन्वय समितिमा पेश गर्दा समन्वय समितिले यसको यथार्तताका लागि पुन चैत्र २५ गते अनुगमन गरी गाविसका कनैपनि बालबालिकालाई लगाउनै पर्ने सबै खोप लगाईएको देखिएपछि समितिले पूर्ण खोप युक्त गाविस घोषणा गरेको हो ।

kalikot sajha sabal
स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष एवं दाहाँ गाविस सचिव शरण बहादुर बडुवालको अध्यक्षतामा आयोजित घोषणा कार्यक्रममा दाहाँ स्वास्थ्य चौकी प्रमुख रुपा भण्डारीले गाविसलाई पूर्णखोपयुक्त घोषणाका लागि गरिएका प्रयासहरुबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा उपस्थीत सम्पूर्ण सरोकारवाला निकाय लगायत स्थानीयवासीहरुले आफ्नो छातीमा हात राखेर आजका दिन देखि कुनै पनि बालबालिकालाई पूर्ण खोपबाट बन्चीत हुन नदिने भन्दै प्रतिवद्धता जनाएपछि जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष एवं निमित्त स्थानीय विकास अधिकारी चाँपागाईले गाविसलाई पूर्ण खोप युक्त गाविस घोषणाको प्रमाण पत्र प्रदान गर्नुभएको छ ।

घोषणा कार्यक्रमा पूर्ण खोप लगायतका स्वास्थ्य सेवा संग सम्बन्धित विभिन्न जनचेतना मुलक सन्देश सहितका सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको र पूर्ण खोपयुक्त गाविस घोषणा अभियानमा योगदान पु¥याउने स्वयमसेविका, स्वास्थ्य ब्यवस्थापन समिति, नागरिक समाज, सेभ द चिल्ड्रेन लागाएतलाई सम्मान पत्र प्रदान गरिएको स्वास्थ्य चौकी दाहाँका इन्चार्ज रुपा भण्डारीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह