2026-06-30 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दाहाँबाट सुरु भयो पूर्ण खोप युक्त अभियान

दलसिंह गिरी/ बैशाख ५, कालिकोट । जल्ला सदरमुकाम मान्म संगै जोडिएको दाहाँ गाविसलाई जिल्लाकै पहिलो पूर्ण खोप युक्त गाविस घोषणा गरिएको छ । गाविसका सबै बालबालिकाहरुले पूर्ण खोप पाएको भन्दै यहि गएको चैत्र ३० गते एक भव्य कार्यक्रमको आयोजना गरी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यता, जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष एवं निमित्त स्थानीय विकास अधिकारी भोला प्रसाद चाँपागाईको विशेष आथित्यता, जिल्ला स्वास्थ्य प्रमुख डा शंकर लोहला, प्रहरी नायव उपरीक्षक किसन सिंह बुडाल, जिल्ला स्थीत विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख प्रतिनिधी हरुको उपस्थीति, सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा दाहाँलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।

स्वास्थ्य चौकि दाहाँले गाविसमा रहेका १२ देखि २३ महिनाका १३४ जना बालबालिकाहरुलाई एक बर्ष भित्र दिइनु पर्ने सबै खोप दिईसकेको प्रतिवेदन जिल्ला पूर्ण खोप समन्वय समितिमा पेश गर्दा समन्वय समितिले यसको यथार्तताका लागि पुन चैत्र २५ गते अनुगमन गरी गाविसका कनैपनि बालबालिकालाई लगाउनै पर्ने सबै खोप लगाईएको देखिएपछि समितिले पूर्ण खोप युक्त गाविस घोषणा गरेको हो ।

kalikot sajha sabal
स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष एवं दाहाँ गाविस सचिव शरण बहादुर बडुवालको अध्यक्षतामा आयोजित घोषणा कार्यक्रममा दाहाँ स्वास्थ्य चौकी प्रमुख रुपा भण्डारीले गाविसलाई पूर्णखोपयुक्त घोषणाका लागि गरिएका प्रयासहरुबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा उपस्थीत सम्पूर्ण सरोकारवाला निकाय लगायत स्थानीयवासीहरुले आफ्नो छातीमा हात राखेर आजका दिन देखि कुनै पनि बालबालिकालाई पूर्ण खोपबाट बन्चीत हुन नदिने भन्दै प्रतिवद्धता जनाएपछि जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष एवं निमित्त स्थानीय विकास अधिकारी चाँपागाईले गाविसलाई पूर्ण खोप युक्त गाविस घोषणाको प्रमाण पत्र प्रदान गर्नुभएको छ ।

घोषणा कार्यक्रमा पूर्ण खोप लगायतका स्वास्थ्य सेवा संग सम्बन्धित विभिन्न जनचेतना मुलक सन्देश सहितका सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको र पूर्ण खोपयुक्त गाविस घोषणा अभियानमा योगदान पु¥याउने स्वयमसेविका, स्वास्थ्य ब्यवस्थापन समिति, नागरिक समाज, सेभ द चिल्ड्रेन लागाएतलाई सम्मान पत्र प्रदान गरिएको स्वास्थ्य चौकी दाहाँका इन्चार्ज रुपा भण्डारीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक