2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

विभेदपूर्ण ब्यवहार देखाएको भन्दै शिक्षकद्वारा आन्दोलनको तयारी

कात्तिक २१, कालिकोट । राहत शिक्षकहरुले लामो समय देखी शिक्षा क्षेत्रमा पुराएको योगदानको कदर नगरी राज्यले राहत शिक्षकहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको आरोप लगाउदै प्रक्रिया पु¥याई अन्य सेवा सुबिधा संगै स्थायी गराउनु पर्नै माग गरेकाछन् । 

शिक्षकहरुले आफ्ना माग पुरा गराउन दबाब दिनुको बिकल्प नभएकाले आन्दोलनमा उत्रिने बताएकाछन् । राहत शिक्षक संघर्ष समिति प्रदेश नम्बर ६ का अध्यक्ष बुद्धिसिंह बिष्टले सरकारलाई पटक पटक माग पुरा गर्न माग गर्दा पनि बेवास्ता गरेकाले देशभरका राहत शिक्षकहरु आन्दोलनमा उत्रिनु पर्ने बाध्यता आएको बताउनु भयो । 

राहत शिक्षकहरु लाई दुर्गम भत्ता र पोषाक भत्ता उपलब्ध गराउन सरकारले आनाकानी गरीरहेको आरोप लगाउदै त्यसको तत्काल कार्यान्व–यन नभए कडा आन्दोलन मा उत्रिने उहाले बताउनु भयो । 

अध्यक्ष बिष्टले अस्थायी शिक्षकहरुलाई प्रकृया पुगाएर ब्यबस्थापन गर्ने नीति बनाए जस्तै राहत शिक्षकहरुलाई पनि ब्यबस्थापन गर्नु पर्ने आफूहरुको माग रहेको जानकारी दिनुभयो । 

बिद्यालयमा सक्रिय भएर इमान्दारीता साथ अध्यापन गराउने राहत शिक्षकहरुले दोश्रो ब्यबहार खेप्नु परीरहेकोमा आफूहरुको आपत्ति भएको भन्दै खुसी भएर काम गर्ने बातावरण सृजना गर्नुपर्ने पनि उहाँले बताउनुभयो । 

अध्यक्ष बिष्टले शिक्षा र अर्थ मन्त्रालयमा पटक पटक हाम्रा मागका बारेमा छलफल भएपनि हाल सम्म निकास ननिस्किएका कारण देशभरका ४० हजार बढि राहत शिक्षकहरु थप आन्दोलनमा उत्रिन बाध्य हुने बातवरण नगर्न सरकारलाई आग्रह समेत गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ