६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलम्ची खानेपानीको सुरुङ दुई महिनाभित्र तयार हुँदै

२२ कार्तिक २०७४, बुधबार ०१:३६

कात्तिक २२, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ । 

अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार भइसक्नेछ। आगामी १५ पुसभित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ । यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन् ।

आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी १५ पुस आसपासमा सुरुङ खन्ने काम पूरा हुने बताए। ‘अब १२ सय मिटर सुरुङ खन्न बाँकी छ। दैनिक १८ मिटर सरदरमा खन्ने काम भए बाँकी भाग खन्न ६२ दिनमै ब्रेक थ्रु हुन्छ,’ उनले भने।

लार्के र यांग्रीको डिपिआर अन्तिम चरणमा

मेलम्ची खानेपानीको दोस्रो फेजका रूपमा लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य यसै वर्ष सुरु हुनेछ। यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

डिपिआर पास भएलगत्तै लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य अघि बढ्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक देवकोटाको भनाइ छ।

उनका अनुसार लार्के र यांग्रीको पानी राजधानी ल्याउन ११ किमि सुरुङ खन्नुपर्छ । ‘लार्के र यांग्री खानेपानी आयोजनाका डिपिआर दुई महिनामा सकिनेछ। त्यसलगत्तै सुरुङ निर्माणका लागि टेन्डर आह्वान हुनेछ। यसै आर्थिक वर्षभित्र काम सुरु गर्ने लक्ष्य छ,’ उनले भने।

लार्के र यांग्रीको डिपिआर स्पेनिस परामर्शदाता इपिसाले तयार गर्दै छ । १० महिनादेखि डिपिआर निर्माणमा लागेको इपिसाले दुई महिनाभित्र सबै काम सक्ने जनाएको छ । योजनाअनुसार लार्के र यांग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी काठमाडौं उपत्यका ल्याइनेछ । यसपछि मेलम्ची खानेपानीको सुरुङ भएर दैनिक ५१ करोड लिटर पानी उपत्यका भित्रिनेछ ।

९६ प्रतिशत काम पूरा

सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याउन २७.५८४ किमि सुरुङ खन्नुपर्ने हुन्छ। त्यसमध्ये २६.५८४ किमि सुरुङ खनिसकिएको छ । हालसम्म ९६ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भइसकेको आयोजनाको भनाइ छ। यसक्रममा करिब २२ अर्ब रुपैयाँ सकिइसकेको छ। आयोजनाका लागि झन्डै २७ अर्ब रुपैयाँ बजेट विनियोजित गरिएको छ ।

आयोजनाका अनुसार अहिले अम्बाथानको तल्लो भाग, सिन्धुको माथिल्लो भाग र ग्याल्थुमको माथिल्लो र तल्लो दुवै भागबाट सुरुङ खन्ने काम दु्रत रूपमा अघि बढेको छ । 

‘सुरुङ खन्न चार प्रतिशत मात्र बाँकी छ, द्रुत रूपमा काम सक्न ठेकेदार कम्पनीले सोहीअनुसार कामदार खटाएको छ । यसले चाँडै आयोजना पूरा हुनेमा आत्मविश्वास जगाएको छ,’ कार्यकारी निर्देशक देवकोटाले भने ।

स्वदेशी र विदेशी व्यवसायीबीचको विवाद साम्य

मेलम्ची खानेपानी आयोजनाको जिम्मा लिएको इटालियन कम्पनी सिएमसी डी राभेना र नेपाली व्यवसायीबीचको विवाद पनि साम्य भएको छ। सिएमसीविरुद्ध संघर्ष समिति नै गठन गरेका नेपाली व्यवसायीले काठमाडौंवासीको मेलम्ची सपना छिटोभन्दा छिटो पूरा गर्न इटालियन कम्पनीसँगको सहकार्य र समझदारी जारी रहने जनाएका छन् ।

हाई हिमालय मेगाटेकका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘विवादका रूपमा राखिएका सबै माग हामीले फिर्ता लिएका छौँ। र, सो कम्पनीको अपमान हुने गरी व्यक्त भएका विचारहरूप्रति क्षमाप्रार्थी छौँ ।’ मुख्य कम्पनी, नेपाली ठेकेदार र सर्वसाधारण सबै मिलेर यो परियोजना छिटो सक्ने लक्ष्यमा आफूहरू स्पष्ट रहेको पनि सो कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति