2026-09-22 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढीमा ३ करोडको सुविधा सम्पन्न घर किन्दै आरजु

कात्तिक २३, काठमाडौं । कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर  देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् । 

बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरू गरिसकेकी छिन्। उनले धनगढी ४ उत्तरबेहेडीमा रहेको शारदा हमालको नाममा रहेको दुईतले सुविधा सम्पन्न घर किन्ने तयारीमा रहेकी हुन्।

बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्यकर्तासँग कुरा गरिरहेकी थिईन्। कुरो मिलेमा घर किन्ने तयारीमा रहेको बताइन्। ‘कुरो चलिरहेको छ, मिलेमा किन्छु,’ उनले भनिन्।  

पर्यटक उम्मेद्वार भनेर विपक्षीले चर्को नारा नगाएपछि मतदातालाई भड्किन नदिँन उनले धनगढीमा  घर किन्ने निर्णय गरेकी हुन्। ‘म २५ वर्षदेखि यहाँ आइरहेको छु। म कसरी पर्यटक भएँ, नियमित यहाँ बस्नका लागि घर किन्ने तयारीमा छु,’ उनले भनिन्।

हसनपुरलगायत केही ठाउँमा किन्नका लागि उनका सहयोगीले घर हेरेका थिए । शारदा हमालको सुविधासम्पन्न घर मन परेपछि किन्ने निधो गरेको उनका निकट एक कार्यकर्ताले बताए । ३ कठ्ठा ३ धुर जमिनमा ६५ वर्गफिटमा यो घर रहेको छ । 

अट्याच बाथरुमसहित ४ कोठा, २ लिभिङ रुम, २ नन अट्याच रुम, १ स्टोर रुम, २ वटा अतिरिक्त शौचालय र बाथरुम र एक स्टाफ रुम घरमा छ । 

३ करोडमा घर किन्ने कुरो भएको बुझिएको छ । बैना गरेको लगायतका कागजपत्र लगेर घर किन्नका लागि सेन्चुरी बैंकमा आरजुले कुरो चलाएको स्रोतले बताएको छ । 

यसअघि दोस्रो संविधानसभामा प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव लडेको धनगढी उपमहानगरपालिका रहेको कैलाली ५ मा कांग्रेसबाट आरजु चुनावी मैदानमा छन् । स्थानीय जनताको पहुँच नहुने पर्यटक उम्मेदवार भन्दै विपक्षीले चर्को चुनावी मुद्दा उठाएका छन् ।

यसअघि पत्रकार सम्मेलनमा तपाईंलाई पर्यटक उम्मेदवार भन्ने आरोप छ भनी सोधेको प्रश्नको जबाफमा उनले चुनाव जितेर यहीं बस्ने र त्यसका लागि घर किन्ने बताएकी थिइन् । 

वाम गठबन्धनका तर्फबाट एमालेका युवा नेता नारदमुनि राना छन् । गत स्थानीय तहको निर्वाचनको मतका आधारमा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धनको मत करिब साढे चार हजार बढी छ । नतिजा आफ्नो पोल्टामा पार्न दुवै पक्षका उम्मेदवार सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो