६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रिङ आउट’को जोखिममा प्रभावशाली नेता, को-को छन ? (सुचिसहित)

२४ कार्तिक २०७४, शुक्रबार ०२:३२

कात्तिक २४, काठमाडौं । १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केही शीर्ष नेता ‘रिङ आउट’को जोखिममा देखिएका छन् । 

एकै क्षेत्रबाट निर्वाचनमा होमिएका वाम गठबन्धन वा कांग्रेसका शीर्ष नेतामध्ये कुनै एकले मात्र संसद्को यात्रा तय गर्नेछन् । प्रदेश १ को झापा–१ मा चुनावी अभियानमा खटिएका छन् वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता राम कार्की र उनलाई चुनौती दिँदै छन्, कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले । यी दुईमध्ये कुनै एकले संसद्मा आफ्नो स्थान पाउनेछन् ।

चुनावी अभियानमा खटिएका यी दुई नेताले चुनावी अभियानका क्रममा एक अर्काको प्रशंसा गर्दै जसले जिते पनि एक अर्कालाई विजयीको माला लगाइदिने बताएका छन् । अब कसले माला लगाउने हो ? त्यो भने २१ मंसिरको निर्वाचनले फैसला गर्नेछ ।

झापा–३ बाट एउटा शीर्ष नेताको पराजय निश्चित छ । यहाँ कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् । लिङ्देनलाई वाम गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले समर्थन गरेका छन् ।

यस क्षेत्रमा राप्रपा आफैंमा पनि बलियो देखिन्छ । त्यसमाथि पनि वाम गठबन्धनको साथ लिएर अगाडि बढेका उनलाई जितका लागि कम संघर्ष गर्नुपर्ने देखिन्छ ।

कांग्रेसका सिटौला व्यक्तिगत रूपमा पनि परिचित तथा राष्ट्रिय राजनीतिका प्रभावशाली व्यक्ति हुन् । शान्ति प्रक्रियामा उनको भूमिकासमेत उल्लेख्य छ । तर निर्वाचनको दौडमा लिङ्देन र सिटौलामध्ये एकको पराजय निश्चित छ ।

प्रदेश १ कै मोरङमा पनि दुई हेभी वेट भिडन्त छ । मोरङ–४ बाट निर्वाचनको दौडमा कांग्रेस नेता महेश आचार्य र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी छन् । आचार्य कांग्रेसभित्र प्रभाव छाड्न सफल युवा नेता हुन् भने माओवादी केन्द्रका मोदी संविधानसभामा एकाएक कुर्सी फोडेर चर्चामा आएका हुन् ।

त्यस्तै मोरङ–६ मा कांग्रेसका डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितको रोचक भिडन्त हुँदै छ । कांग्रेसको प्रभाव क्षेत्रमा रहेको यस क्षेत्रबाट कोइराला खानदानले लगातार जित हासिल गर्दै आएको छ ।

यसपटक पण्डित वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेर कोइरालालाई कडा टक्कर दिँदै छन् । सामान्य प्रशासनमन्त्री हुँदा ‘ग्रिनकार्ड होल्डर’ कर्मचारीलाई कारबाही गरेर चर्चामा आएका थिए पण्डित । यहाँबाट यी दुई नेतामध्ये एक जनाले मात्र संसद्सम्मको यात्रा तय गर्नेछन् ।

प्रदेश २ को धनुषामा अर्को रोचक भिडन्त हुँदै छ । धनुषा–३ म नेपाली कांग्रेसका विमलेन्द्र निधि र राजपा नेपालका राजेन्द्र महतोबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । यसअघिका निर्वाचनमा यहाँबाट निधिले जित्दै आएका थिए । यसपटक निधिलाई चुनौती दिन महतो धनुषा छिरेका छन् ।

प्रदेश–३ को चितवनमा सबैको ध्यान केन्द्रित छ । चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बनेका छन् । यही क्षेत्रबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवं वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे उनीविरुद्ध निर्वाचन लड्दै छन् । कांग्रेसको साथ पाएका पाण्डे प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधारमन्त्री थिए । 

पहिलो संविधानसभा निर्वाचनमा साबिकको चितवन–५ बाट माओवादीको समर्थनमा तत्कालीन जनमोर्चाका अमिक शेरचनसँग पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनै पाण्डेले माओवादीबाट उम्मेदवार बनेका शेरचनलाई पराजित गरेका थिए ।

पाण्डे चितवनको राजनीतिमा भिजेका नेता मान्छिन् भने राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका दाहाल पहिलोपटक चितवनबाट निर्वाचन लड्दै छन् । यी दुईमध्ये चितवन–३ बाट एक जनाको मात्र संसद् बन्ने बाटो खुल्नेछ ।

त्यस्तै सिन्धुपाल्चोकमा–१ मा पनि हेभी वेट भिडन्त हुँदै छ । त्यहाँ वर्तमान सञ्चारमन्त्री र पूर्वसञ्चारमन्त्रीबीच चुनावी भिडन्त छ । बहालवाला सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई कांग्रेसले राप्रपा प्रजातान्त्रिकको समर्थनमा उम्मेदवार बनाएको छ । पूर्वसञ्चारमन्त्री तथा माओवादी केन्द्रका नेता अग्नि सापकोटा वाम गठबन्धनको तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् ।

काठमाडौं–१ बाट कांग्रेसका नेता प्रकाशमान सिंह छन् । उनलाई स्थानीय तह निर्वाचनमा उदाएको विवेकशील साझा पार्टीका संयोजक तथा पूर्वसञ्चारकर्मी रवीन्द्र मिश्रबीच चुनावी होड चलिरहेको छ ।

काठमाडौं–४ मा कांग्रेसका युवा नेता गगनकुमार थापा र एमालेका डा. राजन भट्टराई तथा काठमाडौं–५ बाट एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । यी प्रभावशाली नेताहरूमध्ये एक जना अबको पाँच वर्ष संसदीय राजनीतिबाट बाहिरै रहनेछन् ।

प्रदेश ४ को गोरखामा अर्को हेभी वेट भिडन्त हुँदै छ । यहाँ पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्रीबीच चुनावी भिडन्त हुँदै छ । कुनै समय एउटै पार्टीमा रहेर राजनीतिक यात्रा तय गरेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच गोरखा–२ मा भिडन्त हुँदै छ । राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका यी दुई नेताले संविधान निर्माणमा समेत भूमिका खेलेका थिए ।

डा. भट्टराईले दोस्रो संविधानसभामा संविधान लेखनमा महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै श्रेष्ठले संविधानसभाबाहिरै रहेर संविधान लेखनमा महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । अबको पाँच वर्ष यी दुई नेतामध्ये कुनै एक संसद् भवनबाहिर हुनेछन् ।

रूपन्देही–१ मा पूर्वमन्त्री र पूर्वराज्यमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । यहाँ कांग्रेसका केन्द्रीय सदस्य तथा जिल्ला सभापति एवं पूर्वराज्यमन्त्री अब्दुल रज्जाक उम्मेदवार छन् भने वाम गठबन्धनका तर्फबाट पूर्वमन्त्री छविलाल विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै रूपन्देही–३ बाट एमालेका युवा नेता घनश्याम भुसाल र राप्रपा प्रजातान्त्रिकका नेता तथा बहालवाला मन्त्री दीपक बोहोरा चुनावी प्रस्पिर्धामा छन् । त्यस्तै रूपन्देही–५ बाट कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री भरतकुमार शाह र माओवादी केन्द्रका पोलिटब्युरो सदस्य डिलाराम आचार्य चुनावी मैदानमा छन् ।

प्रदेश ५ कै कपिलवस्तु–१ बाट कांग्रेस नेता दीपकुमार उपाध्याय र माओवादी केन्द्रका नेता तथा तत्कालीन माओवादी सेनाका कमान्डर चन्द्रप्रकाश खनाल चुनावी मैदानमा छन् । 

उपाध्याय चुनाव लड्नकै लागि भारतका लागि नेपाली राजदूतको पदबाट राजीनामा दिएर गृहजिल्ला फर्किएका हुन् । त्यस्तै गुल्मी–१ बाट कांग्रेसका चन्द्रकान्त भण्डारी र एमाले सचिव प्रदीपकुमार ज्ञवालीबीच प्रतिस्पर्धा हुँदै छ । यी दुईमध्ये एकजना संसद् भवनबाहिर रहनेछन् । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति