Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पलाता गाउँपालिकामा जैतुन खेती गरिदैँ

२०७४, २४ कार्तिक शुक्रबार १५:११

कात्तिक २४, कालिकोट । जिल्लाको पलाता गाउँपालिका–९ थिर्पुमा जैतुन खेती गरिने भएको छ । 

गाउँपालिका आयोजनामा जिल्ला कृषि विकास कार्यालय सहयोगमा खेतीको तयारी गरिएको हो ।जिल्ला कृषि विकास कार्यालयले यसभन्दा अघि जैतुन खेतीका लागि पलातालाई उपयुक्त ठाउँ भन्दै जैतुन पकेट क्षेत्र निर्माण गर्ने तयारी गरेको थियो ।

जैतुन खेतीबाट किसानहरुले राम्रो आम्दानी लिन सक्ने र गाउँलाई वातावरण अनुकुलको कृषि पेशा अगाल्नका लागि कृषि विकास कार्यालयको सहयोगमा जैतुन खेती गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए । 

‘पलाता क्षेत्र जैतुन खेतीका उपयुक्त ठाउँ हो’ उनले भने,‘यसको खेती गरिएका किसानहरुले राम्रो आम्दानी लिन सक्नेछन् ।’

पहिलो चरणमा जैतुनका ८ सय विरुवा रोप्ने तयारी भएको र क्रमशः पलाता गाउँपालिका अन्य ठाउँमा पनि जैतुन खेतीलाई निरन्तरता दिइने जिल्ला कृषि विकास कार्यालय कालिकोटका वरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहले बताए । 

‘पहिलो चरणमा पलाता गाउँपालिका वडा नं. ९ थिर्पु गाउँमा ८ सय जैतुनका बिरुवा रोप्ने तयारी गरेका छौं’ उनले भने,‘क्रमशः अन्य वडा र गाउँपालिका नै जैतुन खेती पकेट क्षेत्रका रुपमा विकास गरिने छ ।’

गत बर्ष जिल्ला कृषि कार्यालयले पलाता गाउँपालिकामा कार्यालयबाट कृषि प्राविधिक खटाएर जैतुन खेतीको अध्ययन गरेको त्यसैको आधारमा जिल्लामा पहिलो पटक जैतुन खेतीको तयारी गरिएको कृषि विकास कार्यालय कालिकोटका प्रमुख सिंहले बताए । 

‘पलाता गाउँपालिकामा गत बर्ष नै जैतुन खेती विस्तारको अध्ययन गरेका थियौं’ उनले भने,‘त्यसैलाई आधार मान्दै यो बर्षदेखि जैतुनका बिरुवा रोप्ने तयारी गरेका छौं ।’जैतुन खेतीका लागि सुख्खा क्षेत्र बढी हुने गरेको छ । पलाता गाउँपालिका पनि कालिकोटको सुख्खा क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ