2026-09-22 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शृंखलाबद्ध आक्रमण हुन थालेपछि फायरिङ गर्न छुट

कात्तिक २६, काठमाडौं । चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत बनाउन सरकार लागिपरेको छ । 

शनिबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेर सबै उम्मेदवारको सुरक्षामा सुरक्षाकर्मी परिचालनमा कुनै त्रुटि नराख्ने विषयमा छलफल भएको छ। गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकमा उम्मेदवारको सुरक्षामा कमजोरी हुन नदिन तीनवटै सुरक्षा निकायका प्रमुखलाई सापकोटाले निर्देशनसमेत दिएका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

माओवादी केन्द्रको गढ मानिएका जिल्लामा केन्द्रकै उम्मेदवारमाथि आक्रमण प्रयास भइरहेका छन्। शनिबार रोल्पामा वर्षमान पुनलगायत वाम गठबन्धनका उम्मेदवार सवार गाडीलाई लक्ष्य गरेर माइन विस्फोट गराइएको थियो। 

नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले उक्त विस्फोट गराएको सूचना प्रहरीले पाएको छ। शुक्रबार रुकुममा माओवादी केन्द्रकै उम्मेदवार एवं पूर्वगृहमन्त्री जनार्दन शर्मालाई लक्ष्य गरेर बम विस्फोट गराइएको थियो।

रोल्पा र रुकुम माओवादी केन्द्रको लालकिल्ला मानिए पनि विप्लवका कार्यकर्ताले प्रतिशोधमा र चुनाव भाँड्ने योजनाअनुरूप विस्फोट गराएकाबारे सुरक्षा निकायका प्रमुखले सचिव सापकोटालाई ब्रिफिङ गरेका थिए। स्रोतका अनुसार बैठकमा पुन र शर्मामाथि भएको आक्रमण प्रयासलाई ‘राजनीतिक प्रतिशोध’ का रूपमा समेत विश्लेषण गरिएको थियो।

सचिव सापकोटाले चुनाव भाँड्ने तत्वमाथि विशेष निगरानी राखेर तत्काल पक्राउ गरी चुनाव अवधिभर थुनामा राख्न प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएका छन्। ‘चुनाव भाँड्ने तत्वबारे सूक्ष्म निगरानी हुनुपर्‍यो। 

जहाँ भेटिन्छ पक्राउ गर्नुस्। सरकारकै मन्त्रीमाथि समेत आक्रमण भइरहेको छ। सुरक्षा कमजोरी हुन नदिनोस्’, सापकोटाले अर्याललाई दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘विप्लव माओवादीका कार्यकर्तामाथि विशेष निगरानी गर्नुस्।’

राष्ट्रिय अनुसन्धान विभागको सूचना संकलन कमजोरी भएको भन्दै चनाखो रहन विभागका प्रमुख दिलीप रेग्मीलाई समेत सचिव सापकोटाले कडा नर्देशन दिए। सापकोटाले सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठलाई पनि सीमा सुरक्षामा विशेष चनाखो रहन निर्देशन दिएका थिए।

वाम गठबन्धनका उम्मेदवारमाथि मात्रै नभएर चुनाव नजिकिँदै जाँदा कांग्रेसलगायत मधेसी गठबन्धनका उम्मेदवारमाथि आक्रमण प्रयास हुन सक्ने भन्दै सचिव सापकोटाले सुरक्षा निकाय ‘हाईअलर्ट’ हुनुपर्ने निर्देशन दिए। 

विप्लव र उनका कार्यकर्तालाई सामान्य रूपमा नलिन सापकोटाले सुरक्षा निकायका प्रमुखलाई सुझाएका थिए। स्रोतका अनुसार सापकोटा बैठकमा चुनाव भाँड्ने समूहले हतियार विस्फोट गराउन थालेपछि प्रहरीले परिस्थितिअनुसार जफावी फायरिङ गर्न सक्ने छुट प्रहरीलाई भएको स्पष्ट पारेका थिए।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माले शनिबार सुरक्षा समीक्षा बैठक बसेको बताए। ‘निर्वाचनविरोधी गतिविधि गर्ने तत्वमाथि निगरानी राख्न, पक्राउ गर्न र उम्मेदवारसँगै मतदाता र मतदान अधिकृतको सुरक्षामा चनाखो रहन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिइएको छ’, उनले भने। शर्माले यो वा त्यो नभनी निर्वाचन भाँड्न खोज्ने जो-कोहीलाई पनि निगरानी गरेर कारबाहीको दायरामा ल्याउने रणनीति गृहले बनाएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो