2026-09-22 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट अवैधानिक कामदार घर फर्किन डेढ महिना बाँकी

कात्तिक २६, काठमाडौँ | मलेसियन सरकारले अवैधानिक श्रमिकहरुलाई घर फर्कनको लागि दिएको समय सकिन अब करीव डेढ महिना मात्र बाँकी छ । 

मलेसिया सरकारले २०१७ अप्रिलदेखि डिसेम्बर २०१७ सम्म अवैधानिक श्रमिकहरुलाई भोलेन्टियरी डिपोटेशन प्रोगाम अन्तर्गत घर र्फकन आग्रह गरिरहेको छ । यो कार्यक्रम अन्तरगर्त श्रमिकहरुलाई स्वदेश फर्काउनको लागि मलेसियन सरकारले विभिन्न आठवटा मलेसियन कम्पनीलाई अनुमतिपत्र दिएको बताइएको छ ।

यसै बीचमा नेपाली दूतावास मलेसियाले अवैधानिक नेपालीहरुलाई घर फर्काउनको लागि अध्यागमन प्रकृयामा आवश्यक प्रकृया पूरा गर्न हारफासे रिसोर्स एसडीएन बीएचडी भन्ने मलेसियन सँस्थालाई जिम्मा दिएको छ ।

घर पठाउने बहानामा विचौलियाहरुले अत्यधिक रकम लिएर अलपत्र पार्ने गरेको गुनासो बढ्न थालेपछि दूतावासले अध्यागमनको थप प्रकृया अगाडि बढाउन हारफासेलाई जिम्मा दिएको हो ।

अनुमतिपत्र पाएको संस्थाहरुमध्ये हारफासे भन्ने संस्थालाई श्रम मन्त्रालय र परराष्ट मन्त्रालयले समेत स्वीकृति दिएपछि काम सुरु भएको गैरआवासीय नेपाली संघको एक कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जनमानसिंह वस्न्यातले वताए । उनले भने-‘सबै प्रकृया पूरा गरे पश्चात हारफासे संस्थालाई जिम्मा दिएका छौ,उनीहरुले सहज रुपमा अध्यागमनको काममा सघाउने छन ।

विचौलियाहरुको भर नपर्न र कसैले ठगेको थाहा पाएमा तत्कालै दूतावासमा खवर गरिदिएमा कारवाही गर्ने दूतावासले आग्रह गरेको छ ।

मलेसियामा अवैधानिक अवस्थामा रहेका नेपाली श्रमिकहरुलाई अध्यागमनको प्रकृयामा सहयोग पुर्याउन जिम्मा पाएको हारफासे रिसोर्स एसडीएन बिचएचडीले एक नेपालीलाई सहयोग गरी नेपाल फिर्ता पठाएको छ ।

कमलामाई नगरपालिका वडा न ५ सिन्धुली घर भई सेलागरको पुचोगमा रहेको एक रेष्टुरेण्टमा कार्यरत देवराज विसुखेलाई सहयोग गरी नेपाल पठाएको हो । नेपालको मेनपावरले जापानिज रेष्टुरेण्ट भनेर झुक्याएर विसुखेलाई चाईनिज रेष्टुरेण्टमा काममा लगाएको थियो ।

काम गर्न नसक्दा पिटाई समेत खानु परेपछि काम छाडेर उद्धारको पर्खाइमा रहेको विसुखेलाई हारफासेले उद्धार गरेको हो । उनलाई नेपाली दुतावासले यात्रा अनुमतिपत्र निःशुल्क बनाइदिएको थियो भने हारफासे भन्ने संस्थाले अध्यागमनमा लाग्ने खर्च,हवाई टिकट, खान बस्न र क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्याएको थियो ।

कुनै पनि नेपालीहरुलाई दुःख परेको र घर र्फकनै नसक्ने अवस्था भएमा आधिकारिक निकायबाट आएमा निरन्तर सहयोग गर्ने बताएको छ । – अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो