2026-11-01 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था

2026-08-27

काठमाडौँ | भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये चितवन क्षेत्रमा हालसम्म १ सय ८ वटा शव फेला परेका छन्। फेला परेका शवको व्यवस्थापन तथा पहिचानका लागि चितवन प्रशासनले विशेष व्यवस्था थालेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) पौडेलका अनुसार शवलाई सुरुमा भरतपुर अस्पतालको मर्चरीमा लगेर सफा गर्ने, ट्याग लगाउने तथा बडी ब्यागमा राख्ने काम भइरहेको छ। त्यसपछि शवलाई माइनस डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने पहिचान केन्द्रको विशेष कुलिङ हलमा सुरक्षित राखिनेछ।

आफन्त तथा परिवारका सदस्यले पहिचान केन्द्रमा राखिएका शवको विवरण नेपाल प्रहरीको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने तस्बिर हेरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको खोजीका लागि भने सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिनुपर्ने एसपी पौडेलले बताए। शव पहिचान भएपछि ट्याग नम्बरका आधारमा शव गृहबाट निकालेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई जिम्मा लगाइनेछ। पीडित परिवारलाई चितवनमा बस्न समस्या नहोस् भनेर निःशुल्क होटल तथा चौबीसै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। होटल व्यवसायी संघ चितवन र सौराहाका व्यवसायीको समन्वयमा पीडित परिवारका लागि निःशुल्क आवासको व्यवस्था गरिएको हो।

शव सनाखतपछि घरसम्म लैजानका लागि करिब २२ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको एसपी पौडेलले बताए। कुनै समस्या परेमा प्रहरीको आपत्कालीन नम्बर १०० मा फोन गरी सहयोग लिन सकिने उनले जानकारी दिए।

यसैबीच, फेला परेका शवको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालमा शव व्यवस्थापनमा समस्या भएको छ। अस्पतालको शवगृहमा राख्ने क्षमता सकिएपछि केही शवलाई त्रिपाल टाँगेर बाहिर राख्नुपरेको छ। भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार हालसम्म अस्पतालमा ६४ वटा शव ल्याइएको छ। अस्पतालको शवगृहमा एकपटकमा १२ वटा शव मात्र राख्न सकिने क्षमता छ। बाढीमा बेपत्ता भएकाको खोजी तथा शव व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन प्रशासन, प्रहरी, अस्पताल तथा स्थानीय तहबीच समन्वय गरी थप व्यवस्थापनको काम अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द