2026-11-01 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा

2026-08-29

काठमाडौँ | रसुवातर्फबाट आएको बाढीका कारण त्रिशुली हुँदै नारायणी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। बाढीका कारण भरतपुर महानगरपालिका–१७ स्थित माझुवा बस्ती लगायत पश्चिम चितवनका बस्तीहरू जोखिममा परेका छन्। नदीले धार परिवर्तन गर्न सक्ने अवस्था सिर्जना भएको छ। जोखिममा परेका नागरिकप्रति गहिरो चासो व्यक्त गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय पूर्ण रूपमा परिचालित भइसकेको जानकारी दिएका छन्।

विगतको जोखिम नक्साङ्कनमा तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिएको यस क्षेत्रमा हालका वर्षहरूमा नदीको बहाव र थेग्रानको व्यवहार फरक देखिएकाले नारायणी करिडोरको बाढी जोखिम नक्सा पुनरावलोकन गरिने भएको छ। सूचना प्राप्त भएलगत्तै मन्त्रालय अन्तर्गतको फिल्ड कार्यालय स्थानीय तह तथा प्रदेश सरकारसँग निरन्तर समन्वयमा खटिएको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा जलविज्ञ सम्मिलित प्राविधिक टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। तटबन्धका लागि ठूला ढुङ्गा जुटाउने कार्य भइरहेको र निर्माण सामग्री उपलब्धताका लागि गैंडाकोट नगरपालिकासँग समन्वय भइरहेको छ। दीर्घकालीन समाधानका लागि नारायणी नदीको विस्तृत नदी नियन्त्रण तथा नदी व्यवस्थापन योजना तयार गरिँदै छ।

बाढीको उद्गम क्षेत्र रसुवाको माथिल्लो भेगमा बाढीले बगाएका जलमापन केन्द्रको पूरकका रूपमा तत्काल तीनवटा सीसीटीभी जडान गरी जलसतहको निरन्तर अनुगमन गरिने भएको छ। साथै जल तथा मौसम विज्ञान विभागमार्फत स्वचालित जलमापन केन्द्रहरूको पुनःस्थापना प्राथमिकताका साथ अघि बढाइनेछ। यस विषयलाई तत्काल उठाई समन्वयमा सक्रिय भूमिका खेल्ने माननीय मन्त्री सोवित गौतम तथा नदी नियन्त्रण फिल्ड कार्यालयलाई धन्यवाद दिइएको छ। नदी किनारका बासिन्दाहरूलाई अत्यन्त सतर्क रहन, स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न र आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न मन्त्री श्रेष्ठले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द