2026-09-22 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा चुनौती: पहाडमा विप्लव, तराईमा जातीय राजनीति

कात्तिक २७, काठमाडौँ । उम्मेदवारमाथि आक्रमणका घटना बढेपछि आइतबार दिउँसो निर्वाचन आयोग र गृह मन्त्रालयमा सुरक्षा रणनीतिबारे छुट्टाछुट्टै छलफल भयो । छलफलपछि आइजिपीलगायतका अधिकारी गृहबाट निस्किएका मात्र के थिए, रोल्पामा माओवादी उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी गोली हानिएको रिपोर्ट आयो ।

निर्वाचन नजिकिँदै गर्दा चुनावविरोधी समूहको हिंसात्मक घटना बढिरहेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट आक्रमण भइरहेको सुरक्षाकर्मीको सूचना छ । आजको नयाँ पत्रिकामा खबर छ ।

उनीहरूले माओवादीका नेताहरूलाई लक्षित गरी आक्रमण गरिरहेका छन् । चुनावविरोधी समूह वा दल आक्रामक बन्दा सुरक्षाकर्मीहरू भने रक्षात्मक बन्न पुगेका छन् ।

कठोर बन्न निर्देशन

विप्लव नेतृत्वको पार्टीविरुद्ध कठोर बन्न सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । उम्मेदवारमाथि आक्रमण गर्ने तथा आतंकित गराउनेलाई त्यहीअनुसार जवाफी कारबाही गर्न गृहले प्रहरीलाई निर्देशन दिएको छ । 

पहाडमा सुरक्षा बढाउने तयारी

तराईका जिल्लामा धेरै ‘सुरक्षा थ्रेट’ हुने आकलन गरिएको थियो । तर, नेकपाको गतिविधिका कारण गृह मन्त्रालयले पहाडी जिल्लामा सुरक्षाकर्मी बढाउने तयारी गरेको छ । रोल्पा, रुकुम, गोरखालगायत जिल्लामा सुरक्षाकर्मी बढाउन लागिएको गृह स्रोतले जनाएको छ ।

आठै पृतनामा हेलिकोप्टर स्ट्यान्डबाई

सबै पृतनामा सेनाले हेलिकोप्टर स्ट्यान्डबाई राखेको सैनिक प्रवक्ता सहायकरथी दाहालले बताए । निर्वाचनका वेला कतै आकस्मिक रूपमा थप सुरक्षाकर्मी चाहिएमा हेलिकोप्टरमार्फत पठाउने केन्द्रीय सुरक्षा योजना छ । 

चुनौती

– पहाडी जिल्लाको भौगोलिक विकटता, विप्लव नेतृत्वको नेकपा र तराईमा जातीय राजनीतिलाई सुरक्षा अधिकारीले आसन्न निर्वाचनको प्रमुख चुनौती ठानेका छन् । सोहीअनुसार सुरक्षा योजनालाई अघि बढाइएको छ । गृहले चार प्रदेशमा सुरक्षा गोष्ठी गरिरहेको छ, थप तीन प्रदेशमा गोष्ठीको तयारी छ । गोष्ठीमा सहभागीहरूले अन्तरपार्टी संघर्ष नै निर्वाचनको प्रमुख सुरक्षा चुनौती भएको बताएका छन् । पहाडका विकट क्षेत्रमा रहेका मतदानस्थलमा थोरै मात्र प्रहरी हुने भएकाले झडप भए पनि समयमै थप प्रहरी पुग्न नसक्दा क्षति हुन सक्ने आकलन गरिएको छ ।

– त्यस्तै, तराईमा खुला सिमानाका साथै जातीय राजनीतिलाई सुरक्षा चुनौतीका रूपमा लिइएको छ । आफ्नो जातको उम्मेदवारलाई मात्र भोट हाल्ने चलन तराईका कतिपय स्थानमा छन् । जसले गर्दा निर्वाचनमा दुई समूहबीच झडप हुन सक्ने विश्लेषण स्थानीय सुरक्षा समितिहरूको छ । 

आफूहरूले सबै किसिमका चुनौतीलाई विश्लेषण गरेर सुरक्षा तयारी गरिरहेको प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रमुख एआइजी विजयलाल कायस्थले बताए । सीमा सुरक्षालाई बलियो बनाउन भारतीय पक्षसँग छलफल सुरु भइसकेको उनले बताए । 

साना हतियार नियन्त्रणका लागि पनि प्रहरीले योजना अघि बढाएको छ । तराईमा पनि स्थानीय निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले विस्फोटलगायतका गतिविधि गरेका थिए ।

– तराईमा विखण्डनको नारा लिएर अघि बढेको सिके राउतको समूह भने हालसम्म कुनै चुनावविरोधी गतिविधिमा देखिएको छैन । तर, उनीहरूलाई पनि निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

९० प्रतिशत प्रहरी सुरक्षामा खटिने

निर्वाचनमा प्रहरीको कुल जनशक्तिमध्ये ९० प्रतिशत सुरक्षामा खटिने प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए । नेपाल प्रहरीको दरबन्दी ७२ हजार हो । जसमध्ये करिब पाँच हजार रिक्त छ । ६७ हजार प्रहरीमध्ये सात हजार कार्यालय सुरक्षालगायत प्रशासनिक काममा खटिनेछन् । स्थानीय निर्वाचनमा खटिएबराबरको जनशक्ति नै सेनाबाट परिचालित हुँदै छन् । सेनाबाट ६४ हजार २० जना निर्वाचनमा खटिने सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले बताए ।

सशस्त्र प्रहरी पहिलो चरणको निर्वाचनमा ११ हजार नौ सय तथा दोस्रो चरणमा २७ हजार सात सय खटिँदै छन् । यसमा थोरै संख्या थपघट हुन सक्ने प्रवक्ता डिआइजी बाबुराम पाण्डेले बताए । 

राष्ट्रिय अनुसन्धानबाट करिब एक हजार पाँच सय सूचना संकलनमा खटिनेछन् । त्यस्तै, निर्वाचनका लागि भर्ना गरिएका ९८ हजार म्यादी प्रहरी कार्यस्थलमा खटिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो