2026-09-22 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश सभा कहाँ बस्ने, शपथ कसले गराउने ?

मंसिर १, काठमाडौं । संविधानअनुसार प्रदेश प्रमुखले प्रदेश सभाको मतपरिणाम आएको २० दिनभित्र बैठक आह्वान गर्नुपर्ने व्यवस्था छ। 

प्रदेश प्रमुखले नै प्रदेश सभा सदस्यको शपथग्रहण गराउनेछन् । तर, निर्वाचन आउन १० दिन मात्र बाँकी हुँदा पनि सरकारले प्रदेश प्रमुख नियुक्त गर्न सकेको छैन। निर्वाचित प्रदेश सभा सदस्यलाई कसले शपथग्रहण गराउने भन्ने प्रस्ट हुन सकेको छैन। प्रदेश सभा अधिवेशन कसले बोलाउने भन्ने पनि अन्योलै छ। यो खबर योगेश ढकालले आजको नयाँ पत्रिकामा लेखेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राईले सबै कामका लागि कार्ययोजना तयार भए पनि राजनीतिक निर्णय नहुँदा काम नभएजस्तो देखिएको बताए। उनका अनुसार प्रधानमन्त्री कार्यालयले कार्ययोजनाको मस्यौदा भने तयार गरेको छ। 

‘राजनीतिक निर्णय नहुँदा कार्ययोजनाअनुसार प्रदेशको राजधानी, प्रदेश प्रमुखको नियुक्ति, प्रदेश सभाको सचिवालय, प्रदेशको मुख्यसचिव तथा आवश्यक कर्मचारी व्यवस्थापन हुन सकेको छैन,’ राईले भने।

किन ढिलो गर्दै छ सरकार ?

सरकार २१ मंसिरअघि प्रदेशको अस्थायी राजधानी अर्थात् प्रदेश सभाको सम्पर्क स्थान तोक्ने मनस्थितिमा छैन। प्रदेशको अस्थायी राजधानी नतोकी प्रदेश प्रमुख नियुक्तिमा समस्या हुन्छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सरकार यी दुवै काम २१ मंसिरलगत्तै गर्ने सोचमा छ। यदि २१ मंसिरअघि प्रदेश प्रमुख नियुक्त गरिए पनि उनीहरूको जिम्मेवारी भने निर्वाचनपछि मात्रै तोक्ने मनस्थितिमा सरकार छ। 

त्यहीअनुसार प्रधानमन्त्री कार्यालयले काम गरिरहेको छ। प्रदेश मुख्यसचिवको जिम्मेवारी हालका पाँचजना क्षेत्रीय प्रशासकलाई दिने तयारीमा सरकार छ। बाँकी दुई प्रदेशमा सिनियर वा इच्छुक सचिवलाई जिम्मेवारी दिनेबारेमा छलफल भइरहेको सचिव राईले बताए। प्रदेशप्रमुखको नियुक्ति टुंगो नलागेसम्म मुख्यसचिव तोकिने छैनन्।

वाम गठबन्धनको छुट्टै तर्क

वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका नेताहरू भने २१ मंसिरपछि नयाँ सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेशप्रमुख तोक्ने बताउँछन्। अस्थायी राजधानी नतोकी प्रदेशप्रमुख नियुक्त गर्न नसकिने भएकाले निर्वाचित नयाँ सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्त गरेर प्रदेश सभा आह्वान गर्ने पूर्वकानुनमन्त्री अग्नी खरेलको तर्क छ। 

उनका अनुसार प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक भएको करिब १५ दिनमा नयाँ सरकार बनाउने र तत्कालै अस्थायी राजधानी र प्रदेशप्रमुख तोकिनेछ, जसले २० दिन नकटाई प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछन्।

प्रदेशप्रमुख नभए न्यायाधीश

राजनीतिक विवादका कारण प्रदेशप्रमुख नियुुक्त गर्न नसकिएको अवस्थामा नयाँ विकल्प खोज्नुपर्ने हुन्छ। त्यस्तो अवस्था प्रदेश सभाका सदस्यहरूको शपथग्रहण उच्च अदालतका न्यायाधीशमार्फत गराउने पनि प्रमुख दलका केही नेताहरुको तर्क छ।त्यसका लागि सरकारले बाधा अड्काउ फुकाउमार्फत व्यवस्था गर्न सक्ने पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले बताए। प्रदेश सभा बैठक आह्वान पनि न्यायाधीशमार्फत गर्न सकिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो