२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण गर्यो टेलिकमले आफ्ना ग्राहकलाई फोन नउठाउन आग्रह !

२०७४, १ मंसिर शुक्रबार ०२:५९

मङ्सिर १, काठमाडौं । धादिङ ज्वालामुखी गाउँपालिका-५ का कक्षा आठमा अध्यनरत १६ वर्षीय ऋतिक मगरलाई उनको भाइबरमा भारतीय नम्बरबाट फोन आयो। 

फोन रिसिभ गरेपछि उनलाई कहिल्यै नभएको खुसी भयो। हुन पनि हो, १६ वर्षीय ऋतिकका लागि २५ लाख रुपैयाँ सानो कुरा थिएन। उनलाई तपाईंको एनसेलको नम्बर लक्की ड्रमा परेको र त्यसबापत तपाईंले २५ लाख रुपैयाँ जित्नुभएको भनी सूचना दिइयो। यतिसम्म कि, तपार्इंको लक्की ड्र नम्बर ७८६१० हो भनी टिपाएर भारतीय नम्बर ००९२३०७००५८१९८ मा कल गरी अन्य जानकारी लिन भनियो ।

उनलाई पनि साँच्चै हो कि जस्तो लाग्यो। ऋतिकले भोलिपल्ट फोनमार्फत उपलब्ध गराएको नम्बरमा फोन गरेर लक्की ड्र नम्बर ७८६१० ले पैसा जितेको हो भनी सोधे। उताबाट पनि तपाईंको सम्पूर्ण परिवारलाई बधाई छ, तपाईंले २५ लाख रूपैयाँ केबीसी (कौन बनेका करोडपति) को लक्की ड्रबाट जित्नुभएको छ भनी सम्बोधन गर्‍यो। ‘त्यसपछि ममा अझ विश्वास पलायो', उनले भने, ‘मैले त्यसलाई फलो गर्दै गएँ, एक दिन उसले जनता बैंकको खाता नम्बर माग्यो।

मैले छैन भनिदिएँ। उसले अरू कसैको होला भनेर माग्यो। 

त्यो पनि छैन भनिदिएँ। अनि उसले जनता बैंकमार्फत ‘मनोज यादव, रूपन्देही जिल्ला'को नाममा ४० हजार रूपैयाँ हालिदिन अनुरोध गर्‍यो। उसले बैंकको कुनै एकाउन्ट नम्बर उपलब्ध नगराए पनि ४० हजार हालेको पाँच मिनेटमा तपाईंको खातामा २५ लाख रुपैयाँ त्यहीँ उपलब्ध हुन्छ भन्यो।' उनलाई नेपालको एनसेलको नम्बर ९८०९८६५१७९ मा कल गर्नसमेत भनिएको थियो। ‘मसँगै पैसा थिएन, हुन्थ्यो त सायद २५ लाखको लोभमा हाल्थेँ पनि होला', उनले भने।

नेपाल टेलिकमले विदेशी नम्बरबाट फ्रड कल आइरहेकाले फोन नउठाउन र आफ्नो बारेमा जानकारी नदिन आग्रह गरेको छ। १६ वर्षीय ऋतिकका जस्तो घटना हुने घेरै छन्। गुल्मी सिमलटारीबाट काठमाडौं आएर बसेकी मन्जु थापाको घटना पनि त्यस्तै छ। 

उनलाई पनि सीधै तपाईंको एनसेल नम्बर लक्की ड्रमा पर्‍यो २५ लाख जित्नुभयो भनेर भाइबरमा फोन आएको थियो। उनले त आफ्नो एकाउन्ट नम्बर पनि दिइसकेकी थिइन्। तर जब पैसा माग्यो अनि आफूलाई ठग्दै छ भन्ने ठानेर फोन र म्यासेजको रिप्लाई बन्द भयो।

यस्ता घटना पछिल्लो १५ दिनमा भाइबर र ह्वाट्स एपमा धेरै भएको छ। केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) का अनुसार यस्ता खालका तीन चारवटा केस दर्ता भइसकेको छ। यो अनुसन्धानको क्रममा छ। तर केही पत्ता लाग्न भने सकेको छैन। 

सीआईबीका प्रवक्ता जीवन श्रेष्ठका अनुसार फोन कुन रुटबाट आएको छ, कसले गरेको भनेर ट्रेस गर्नुका साथै कुन माध्यमको प्रयोग भइरहेको छ भनेर अहिले अनुसन्धान भइरहेको बताए।

टेलिफोन सेवाप्रदायक कम्पनीले पनि आफ्ना ग्राहकलाई सूचना दिन यस अवधिमा विभिन्न सन्देशमूलक पोस्ट फेसबुक तथा ट्वीटरमा हालिरहेको छ। नेपाल टेलिकमले बुधबार मात्र विदेशी नम्बरबाट फ्रड कल आइरहेकाले फोन नउठाउन र आफ्नो बारेमा जानकारी नदिन आग्रह गरेको छ। 

त्यस्तै एनसेलले पनि ००९२ र ००९३ बाट सुरु भएको नम्बरबाट एनसेलमा फोन आइरहेकाले त्यस्ता कल नउठाउन र बच्न आग्रह गर्दै सूचना प्रकाशित गरिसकेको जानकारी दिएको छ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार टेलिकमले पनि यस्ता कल कुन रुटबाट आइरहेको छ भनी पत्ता लगाउने काम गरिरहेको जानकारी दिइन्। उनले फोन आएको कतिपय नम्बरलाई ब्लक गर्ने काम पनि भइरहेको र साथै अन्तर्राष्ट्रिय टेलिफोन पार्टनरलाई समेत यस्ता घटनाबारे जानकारी गराइसकेको बताइन्। 

उनले यस्ता फोनले ग्राहक ठगिने भएकाले टेलिकमले पनि छानबिन गरिरहेको उल्लेख गरिन्। त्यसैले ग्राहकलाई यस्ता कलबाट बच्न टेलिकमले पनि आग्रह गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने