२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफुलाई छाडेर दोस्रो बिहे गरेका मनोजराजलाई अन्जुको यस्तो सुझाव

२०७४, २ मंसिर शनिबार ०३:१३

६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन् । अरू मात्रै होइन उनी आफैं पनि आफ्नै गीत सुनेर रोएकी छन् पटक-पटक । आजको राजधानीमा खबर छ ।

प्रायः विदेश जाँदा ट्रान्जिट पर्दा उनी आफ्नै गीत सुन्छिन् र रुन्छिन् । यात्रामा कोसेलीस्वरूप आफ्ना थुप्रै गीत मोबाइलमा राख्छिन् उनी । तिम्रो आँखामा …बोलको गीत रेकर्डिङ गर्दै गर्दा उनको आँखाबाट आँसु झरेको थियो ।

अहिले सिंगल छिन् अन्जु तर, उनले आफूलाई सिंगल महसुस गरेकी छैनन् । उनी कार्यक्रमका लागि जहाँ जान्छिन् । सपरिवार पुग्छिन् । कार्यक्रम आयोजकलाई पहिल्यै भन्छिन्, ‘मलाई बोलाउने हो भने मेरो परिवारका सदस्यलाई पनि सँगै लैजानुपर्छ । चारजनाका लागि टिकट काट्न लगाउँछु ।’

वैवाहिक जीवनमा सम्बन्ध विच्छेद गरेपछि उनलाई धेरै प्रस्ताव आए विवाह गर्नुपर्छ भनेर । पुनः विवाह गर्न मन छैन । एकपटक वैवाहिक जीवन भोगिसकेकी अन्जुलाई अहिले पनि लाग्छ, ‘विवाह जीवनका लागि एउटा काँडा हो । जब एउटा काँडा झिकिसकेको छ भने अर्को काँडा किन रोप्ने ?’ उल्टै प्रश्न गरिन् उनले ।

जीवनमा एउटा पाठ सिकाउन सहयोग गरेकोमा मनोजराजलाई धन्यवाद पनि दिन्छिन् । मनोजले उनलाई यातना मात्रै दिएनन् । कहिलेकाहीँ माया पनि गरे । फरक यत्ति हो, माया थोरै गरे, यातना धेरै दिए । दोस्रो बिहे गरेका मनोजराजलाई अन्जुले सुझाव दिँदै भनिन्, ‘तपाईको घरमा आमा, दिदी र श्रीमती हुनुहुन्छ, उहाँहरूलाई शीतल छहारी दिनुस् ।’

रोगले आक्रमण

जति बेला उनी चर्चाको शिखरमा थिइन् । जटिल रोगले आक्रमण गर्यो । पिनासबाट सुरु भएको उनको समस्या घाँटीमा पुग्यो । भन्छिन्, ‘मेरो आवाज सर्पको जस्तो हुन थाल्यो, शरीरको हरेक नसा दुख्थ्यो । सुताउने उठाउने काम अरूले नै गरिदिनुपथ्र्यो ।’ उपचारका लागि होमियोप्याथी, एलोप्याथी, आयुर्वेद सबै उपचार गरिन् । थेरापीदेखि इन्डोस्कोपीसम्म गर्दा नभएपछि झाँक्रीको समेत शरणमा पुग्नु परेको बताउँछिन् ।

‘दुई जना ब्वाइफ्रेन्ड…’

अन्जुको एकपटक खुट्टा भाँचिएको थियो । उनी प्लास्टर गरेर घरमै बसेकी थिइन् । केही सञ्चारमाध्यमले समाचार लेखे, ‘अन्जुका दुई जना ब्वाइफ्रेन्ड छन्, मोजमस्तीमा रमाउँदै छिन् ।’ समाचार पढेर उनी रोइन् । उनका दाजुले बहिनीको आँखामा आँसु देख्न सकेनन् । झुटो समाचार लेख्ने पत्रिकाको अफिसमा फोन गरे । फेरि अर्को समाचार आयो, ‘अन्जु पन्तका दाइले पत्रकारलाई धम्क्याए ।’ ‘अन्जुलाई केटा नभई हुन्न, रक्सी नखाएसम्म अन्जु निदाउदिनन् …’ भन्ने समाचारसमेत छापिए ।

सपना

जीवन एउटा अमूल्य उपहार हो भन्ने कुरा पटकपटक दोहोर्याउँछिन् । हिजो वैवाहिक जीवनमा हुँदा केही सपना पनि बुनेकी थिइन् । जब सिंगल लाइफ जिउन सुरु गरिन् । सपना बुन्ने काम थाती राखिन् । भन्छिन्, ‘मलाई रंगीन जीवनको कुनै मोह छैन ।’

किनकि उनलाई जीवन एउटा लोला जस्तै लाग्छ । कहाँ कति बेला प्याट्ट फुट्ने हो कुनै ठेगान छैन । ‘किन बुन्नु सपना किन बनाउने योजना ? किन देखाउने दम्भ ?’ उनले प्रश्न गरिन् । मान्छेहरूले घमण्ड देखाएको देख्दा अचम्म लाग्छ उनलाई । ‘एक सेकेन्डपछि के हुन्छ, कसैलाई थाहा छैन तैपनि मान्छेले दम्भ देखाउन छाड्दैन,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह