2026-11-21 05:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईटीको प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन : प्रचण्ड

2026-11-21

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चुनावी प्रचारप्रसारका लागि सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । भक्तपुरको मध्यपुर थिमिमा शनिबार आयोजित पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले बदलिँदो समय र प्रविधिको विकासअनुसार चुनावी प्रचारशैली पनि परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

अहिले सूचना प्रविधिको युग भएकाले त्यसको प्रभावकारी प्रयोग गर्न नसके निर्वाचनमा पछि पर्न सकिने उनको भनाइ थियो । विगतमा जस्तो भाषण र आमसभामा मात्रै सीमित भएर चुनावी अभियान सञ्चालन गर्न नसकिने उनले बताए ।‘अहिले आइटीको जमाना छ, यसलाई प्रयोग गर्नुपर्छ । प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन । पहिलाजस्तो भाषण र सभामा मात्रै सीमित हुनुहुँदैन,’ प्रचण्डले भने ।

उनले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरूसँगको छलफल र परामर्शका आधारमा सरकारले उपयुक्त समयमा निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेता तथा कार्यकर्तालाई स्थानीय तहको आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गरे । उनले पार्टीका कार्यक्रमलाई विगतको जस्तो लामो र भद्दा बनाउनुभन्दा चुस्त तथा विषयवस्तु केन्द्रित बनाउनुपर्नेमा जोड दिए । पार्टी संगठन सुदृढीकरण र वैचारिक स्पष्टताका लागि देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गर्न लागिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा १ नेपालीसहित ५ जना पक्राउ ओलीको राष्ट्रपतिमाथि टिप्पण : डरपोक राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गर्नुभयो एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले लुम्बिनीलाई दियो पहिले ब्याटिङको निम्तो नागढुंगा–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द महेश बस्नेतको दाबी : यो सरकार एक वर्ष पनि टिक्दैन श्रीमानको बञ्चरो प्रहारबाट दुई बालबालिकाको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते काठमाडौँमा कौडाको खालबाट २४ जना पक्राउ, ९ लाख ६० हजार नगद र विदेशी मुद्रा बरामद विदेशी ऋण नलिई देश चलाउन सक्दैनौ भने हाम्लाई छाडिदेऊ : हर्क साम्पाङ प्रदीप ज्ञवालीको भनाइ: राजनीतिक असन्तुष्टिको समाधान हिंसा र विध्वंस होइन आईटीको प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन : प्रचण्ड बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई गम्भीर घाइते बनाउने पक्राउ एनपीएल फाइनल: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै अब लिनुपर्ने केही बाँकी छैन, जीवन रहेसम्म देश र जनतालाई दिने : शेरबहादुर देउवा घोप्टेभीरमा पहिरो नियन्त्रण गर्न दैनिक ५ घण्टा नागढुंगा–मुग्लिन सडक बन्द हुने एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि सरकारको नेतृत्वमा पुग्छौँ : केपी ओली एसीसी राइजिङ स्टार्स : भारत ‘ए’विरुद्ध नेपालले टस जितेर रोज्यो फिल्डिङ चुनावका विषयमा सरकारको संवादहीनताले समस्या ल्याउँछ : गगन थापा राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा एनपीएल फाइनलको टिकट खुलेको केही समयमै ‘सोल्ड आउट’ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता