2026-11-21 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई गम्भीर घाइते बनाउने पक्राउ

2026-11-21

काठमाडौँ | घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन जना नाबालक सन्तानमाथि बन्चरो प्रहार गरी गम्भीर घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोला बस्ने प्रेमबहादुर सलामी मगरका ३८ वर्षीय छोरा अम्बर सलामी मगरले शुक्रबार बिहान करिब ९ बजेर ३५ मिनेट जाँदा परिवारका सदस्यमाथि साङ्घातिक आक्रमण गरेका हुन् ।

प्रहरी चौकी हाँडाकोटका अनुसार श्रीमान्–श्रीमतीबिच सामान्य घरायसी वादविवाद हुँदा अम्बरले दाउरा काट्ने बन्चरोले प्रहार गरेका थिए । आक्रमणबाट उनकी ३५ वर्षीया श्रीमती मनिसा सलामी मगरसहित १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिस्मा सलामीको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते चारै जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि नगर अस्पताल दुल्लुतर्फ लगिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी हाँडाकोटबाट करिब ३ किलोमिटरको दूरीमा रहेको उक्त घटनास्थलमा इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमान्डमा पाँच जनाको टोली खटिएको थियो ।

आक्रमणमा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा १ नेपालीसहित ५ जना पक्राउ ओलीको राष्ट्रपतिमाथि टिप्पण : डरपोक राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गर्नुभयो एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले लुम्बिनीलाई दियो पहिले ब्याटिङको निम्तो नागढुंगा–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द महेश बस्नेतको दाबी : यो सरकार एक वर्ष पनि टिक्दैन श्रीमानको बञ्चरो प्रहारबाट दुई बालबालिकाको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते काठमाडौँमा कौडाको खालबाट २४ जना पक्राउ, ९ लाख ६० हजार नगद र विदेशी मुद्रा बरामद विदेशी ऋण नलिई देश चलाउन सक्दैनौ भने हाम्लाई छाडिदेऊ : हर्क साम्पाङ प्रदीप ज्ञवालीको भनाइ: राजनीतिक असन्तुष्टिको समाधान हिंसा र विध्वंस होइन आईटीको प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन : प्रचण्ड बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई गम्भीर घाइते बनाउने पक्राउ एनपीएल फाइनल: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै अब लिनुपर्ने केही बाँकी छैन, जीवन रहेसम्म देश र जनतालाई दिने : शेरबहादुर देउवा घोप्टेभीरमा पहिरो नियन्त्रण गर्न दैनिक ५ घण्टा नागढुंगा–मुग्लिन सडक बन्द हुने एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि सरकारको नेतृत्वमा पुग्छौँ : केपी ओली एसीसी राइजिङ स्टार्स : भारत ‘ए’विरुद्ध नेपालले टस जितेर रोज्यो फिल्डिङ चुनावका विषयमा सरकारको संवादहीनताले समस्या ल्याउँछ : गगन थापा राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा एनपीएल फाइनलको टिकट खुलेको केही समयमै ‘सोल्ड आउट’ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता