2026-11-21 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदीप ज्ञवालीको भनाइ: राजनीतिक असन्तुष्टिको समाधान हिंसा र विध्वंस होइन

2026-11-21

काठमाडौँ | नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हरेक पटक हिंसा, आगजनी र विध्वंसको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हरेक पटक विध्वंसमा परिणत हुन नहुने बताएका हुन् ।

विगतका शासक अयोग्य भए पनि त्यसको जवाफ हिंसा र विनाश हुन नसक्ने उनको भनाइ छ । राजनीतिक परिवर्तनका नाममा भएका आगजनी, तोडफोड र विध्वंसले देशलाई ठुलो क्षति पुर्‍याउने भन्दै उनले त्यस्ता घटनालाई कुनै पनि बहानामा उचित ठहर्‍याउन नमिल्ने स्पष्ट पारे । ज्ञवालीले सङ्क्रमणकालीन न्याय प्रक्रियामा भएको ढिलाइ सत्य भए पनि त्यसलाई गत वर्ष भएका हिंसात्मक घटनाको औचित्य पुष्टि गर्ने आधार बनाउन नमिल्ने बताए । कुनै व्यक्ति वा समूह अयोग्य भए त्यसलाई दण्डित गर्ने अन्य कानुनी उपाय रहेको उल्लेख गर्दै उनले विध्वंसले समाधान नदिने धारणा राखे ।

शान्ति प्रक्रियाका क्रममा भएका घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा समेत उनले जोड दिए । न्यायको पाटोलाई सम्बोधन गर्दै द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्नु अहिलेको पहिलो आवश्यकता रहेको उनको भनाइ छ । शान्ति प्रक्रिया र पछिल्ला हिंसात्मक गतिविधिबारे धारणा राख्दै ज्ञवालीले भने, ‘द्वन्द्वका घटना नदोहोरिउन् भन्नका लागि न्यायको पक्षलाई सम्बोधन गर्नैपर्छ । तर आजको पहिलो आवश्यकता सत्य स्थापित गर्नु हो, र त्यसका लागि तत्काल आयोग गठन हुनुपर्छ । नेपालको शान्ति प्रक्रिया सबै राजनीतिक दलको साझा एजेन्डा भएकाले नयाँ सरकारले पनि यसलाई साझा प्रतिबद्धताका रूपमा अघि बढाओस् भन्ने मेरो आग्रह छ ।’

सङ्क्रमणकालीन न्यायमा ढिलाइ भएको स्वीकार गर्दै उनले त्यसैलाई बहाना बनाएर हिंसा मच्चाउन नहुने बताए । ज्ञवालीले थपे, ‘सङ्क्रमणकालीन न्यायमा ढिलाइ भएको सत्य हो, तर त्यसले गत वर्ष देशले भोग्नुपरेको हिंसा, विध्वंस र पीडालाई कुनै पनि अर्थमा उचित ठहर्‍याउँदैन । सरकारको अक्षमता वा असन्तुष्टिको समाधान हिंसा र विनाश होइन ।’राजनीतिक परिवर्तनका नाममा आगजनी र विध्वंसलाई सामान्य मान्न नसकिने बताउँदै उनले विगतका कमजोरीको मूल्याङ्कन इतिहासले गर्ने तर त्यसलाई हिंसाको औचित्यका रूपमा प्रस्तुत गर्न नहुने बताए । नेपालको शान्ति प्रक्रिया राजनीतिक दलहरूको साझा एजेन्डा भएकाले नयाँ सरकारले पनि त्यसलाई साझा राष्ट्रिय मुद्दाका रूपमा ग्रहण गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा १ नेपालीसहित ५ जना पक्राउ ओलीको राष्ट्रपतिमाथि टिप्पण : डरपोक राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गर्नुभयो एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले लुम्बिनीलाई दियो पहिले ब्याटिङको निम्तो नागढुंगा–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द महेश बस्नेतको दाबी : यो सरकार एक वर्ष पनि टिक्दैन श्रीमानको बञ्चरो प्रहारबाट दुई बालबालिकाको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते काठमाडौँमा कौडाको खालबाट २४ जना पक्राउ, ९ लाख ६० हजार नगद र विदेशी मुद्रा बरामद विदेशी ऋण नलिई देश चलाउन सक्दैनौ भने हाम्लाई छाडिदेऊ : हर्क साम्पाङ प्रदीप ज्ञवालीको भनाइ: राजनीतिक असन्तुष्टिको समाधान हिंसा र विध्वंस होइन आईटीको प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन : प्रचण्ड बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई गम्भीर घाइते बनाउने पक्राउ एनपीएल फाइनल: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै अब लिनुपर्ने केही बाँकी छैन, जीवन रहेसम्म देश र जनतालाई दिने : शेरबहादुर देउवा घोप्टेभीरमा पहिरो नियन्त्रण गर्न दैनिक ५ घण्टा नागढुंगा–मुग्लिन सडक बन्द हुने एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि सरकारको नेतृत्वमा पुग्छौँ : केपी ओली एसीसी राइजिङ स्टार्स : भारत ‘ए’विरुद्ध नेपालले टस जितेर रोज्यो फिल्डिङ चुनावका विषयमा सरकारको संवादहीनताले समस्या ल्याउँछ : गगन थापा राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा एनपीएल फाइनलको टिकट खुलेको केही समयमै ‘सोल्ड आउट’ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता