
काठमाडौँ | काठमाडौँको म्हैपीस्थित एक घरमा कौडा खेलेको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका अनुसार बिहीबार राति साढे ९ बजे प्रहरी टोलीले म्हैपीस्थित एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा निरज निरौला, बसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कडेल, माधव बिष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव भट्ट, सन्दिप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्द राज त्रिपाठी र अनिल सिलवाल छन्।
कौडा खेलिरहेको अवस्थामा उनीहरूको साथबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र १६ थान कौडा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।