2026-11-23 04:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको मात्र होइन, आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो: मोदी

2026-11-23

काठमाडौँ | भारतले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ । नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्याकेजको घोषणा गरेका हुन् ।

गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई नयाँ ऊर्जा दिन यो सहयोग घोषणा गरिएको बताए । नेपाल र भारतबिचको सम्बन्ध केवल छिमेकीको मात्र नभई आत्मीयता र अटुट विश्वासको रहेको उनको भनाइ छ । ‘नेपाल र भारतबीचको सम्बन्ध केवल छिमेकीको मात्र होइन, यो त आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो । हाम्रो खुसी र चुनौती दुवै साझा छन्,’ भारतीय प्रधानमन्त्री मोदीले भने, ‘हामी एकअर्काको प्रगतिका साझेदार हौँ र कठिन समयमा एकअर्काको सहारा हौँ ।’

नेपाल–भारत सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धले बुनिएको मोदीले उल्लेख गरे । भगवान् राम र माता सीता दुई देशको साझा सभ्यता र आस्थाको प्रतीक रहेको उनको भनाइ छ । यसैगरी, भारत वर्षौंदेखि नेपालका लागि पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुहरूको भरपर्दो आपूर्तिकर्ता रहँदै आएको मोदीले बताए । ‘छिमेकी पहिले’ नीतिको मर्मअनुरूप यस वर्ष तेल आपूर्तिसँग सम्बन्धित गम्भीर चुनौतीहरूका बाबजुद भारतले नेपालमा इन्धन, रासायनिक मल र अन्य अत्यावश्यक वस्तुहरूको आपूर्ति निरन्तर कायम राखेको उनले स्पष्ट पारे ।

नयाँ सहकार्यबारे जानकारी दिँदै मोदीले नेपालमा स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब तथा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को अफसोर क्याम्पस स्थापना गरिने घोषणा गरे । नेपाली विद्यार्थीका लागि भारतमा कानुन र प्रविधि विषयमा छात्रवृत्तिका अवसर बढाइने पनि उनले बताए । साथै, खाद्य प्रशोधन र मूल्य अभिवृद्धिलाई प्रवर्द्धन गर्न नेपालमा एग्रो–इन्डस्ट्रियल पार्क विकास गर्न भारतले सहयोग गर्ने मोदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहको भारत भ्रमणमा आठ विषयमा समझदारी प्रधानमन्त्री बालेनद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ: प्रधानमन्त्री शाह पत्रकार सम्मेलनमा वालेनले गरे नेपाली भाषमा सम्बोधन नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको मात्र होइन, आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो: मोदी भोलि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय वार्ता सम्पन्न गर्भवती युवतीको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड इटहरी मुख्य चोकमा गुडिरहेको कारमा भीषण आगलागी हैदराबाद हाउसमा बालेन–मोदी भेटवार्ता सुरु दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ हुँदै लगातार घटेको सुनको मूल्यमा एकाएक उछाल, तोलामा ४ हजार ८ सयले वृद्धि भारतमा प्रधानमन्त्री बालेनलाई राजकीय सम्मान जेनजीका नाममा ५० वर्षमाथिकाले ढुंगामुढा गरेका थिए : शेरबहादुर देउवा सुदूरपश्चिमविरुद्ध लुम्बिनीको १०० रन पूरा एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा १ नेपालीसहित ५ जना पक्राउ ओलीको राष्ट्रपतिमाथि टिप्पण : डरपोक राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गर्नुभयो एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले लुम्बिनीलाई दियो पहिले ब्याटिङको निम्तो नागढुंगा–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द महेश बस्नेतको दाबी : यो सरकार एक वर्ष पनि टिक्दैन