
काठमाडौँ | भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्ष्ीय वार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना भयो । सो क्रममा अयोध्या–जनकपुर रेल सेवा, धार्चुला–दार्चुला पुलको दुई प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरे ।
त्यसपछि दुई देशबीच भएका विभिन्न समझदारीपत्र आदानप्रदान गरियो । यसपछि भारतीय प्रधानमन्त्री मोदीले हिन्दी भाषमा पत्रकारलाई सम्बोधन गरे । त्यसपछि प्रधानमन्त्री वालेनले पनि नेपाली भाषमै सम्बोधन गरेका हुन् ।