2026-11-25 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

2026-11-25

काठमाडौँ | उपभोक्तालाई खाना पकाउने एलपी ग्यास सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै देशभरि ग्यास आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई आग्रह गरेको हो ।

निगमले बजार माग अनुसार एलपी ग्यास आयात अधिकतम बढाउन, भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाइ आपूर्ति प्रणालीमा ल्याउन र उद्योगहरूको भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ । त्यस्तै ग्यास विक्रेता र बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्नसमेत उद्योगहरूलाई भनिएको छ । यस पहल अन्तर्गत ग्यास आपूर्ति व्यवस्थाका तीन वटै महत्त्वपूर्ण पक्ष आयात वृद्धि, भण्डारण व्यवस्थापन र बजार वितरण सहजता एकीकृत रूपमा परिचालन गरिने निगमले जनाएको छ ।

आपूर्ति शृङ्खलामा कुनै अवरोध आउन नदिई आम नागरिकलाई नियमित र सहज ग्यास उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै आयात, भण्डारण र वितरणबीचको प्रभावकारी समन्वयले बजार व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । यसैबीच निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न, अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने खालका गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने