2026-07-25 03:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुत्र वियोगमा प्रचण्ड: ३६ वर्षीय छोरालाई ६३ वर्षीय बाबुले दिए दागबत्ती

मङ्सिर ४, काठमाडौँ । प्रचण्डपुत्र तथा माओवादीका युवा नेता प्रकाश दाहालको आइतबार साँझ ५ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । 

३६ वर्षीय प्रकाशको पार्थिव शरीरलाई ६३ वर्षीय बाबु प्रचण्डले दागबत्ती दिए । छोरालाई दागबत्ती दिँदा प्रचण्डको आँखा आँसुले भरिएका थिए । यसअघि अस्पतालमा छोराको पार्थिव शरीरलाई पहिलोपटक देख्दा, पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिँदा पनि प्रचण्डले आपूmलाई सम्हाल्ने कोसिस गरेका थिए । तर, आँसु थाम्ने प्रयासमा उनी हरेकपटक असफल थिए । आजको नयाँ पत्रिकामा खबर छ-दुःखको घडीमा साथ दिन आएका हजारौँ शुभचिन्तकलाई प्रचण्डले आँसु चुहाउँदै दुई हात उठाएर अभिवादन गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आइतबार हृदयाघातका कारण मृत्यु भएको छ । केही दिनदेखि ज्वरो र रुघाखोकीले ग्रस्त उनी शनिबार राति जाउलो खाएर सुतेका थिए । 

बिहान सबेरै उठ्ने छोरा नउठेपछि आमा सीता दाहाल उनको कोठामा पुग्दा प्रकाश अचेत अवस्थामा थिए । बिहान ५ः५० बजे दुई सहयोगीले उनलाई नर्भिक अस्पताल पु¥याए । अचेत अवस्थामा रहेका दाहाललाई तुरुन्तै इसिजी गरियो । इसिजीमा कुनै चाल नदेखिएपछि ५ः५९ बजे चिकित्सकले प्रकाशलाई मृत घोषणा गरेका थिए ।

‘उहाँ (प्रकाश दाहाल) लाई अस्पतालमा ल्याइपु¥याउँदा अनुहारमा कुनै ‘रियाक्सन’ थिएन, साथै इसिजी गर्दा पनि मुटुको धड्कन पूर्ण रूपमा बन्द भएको थियो,’ डा. जेपी जैसवालले पत्रकार सम्मेलनमा भने, ‘बिहान ५.५० बजे अस्पताल पु¥याउँदा उनको हातगोडा चिसो र शरीर कडा भएको थियो । आँखा सुन्निएको थियो । मृत शरीर हेर्दा अस्पताल ल्याउनु तीन घन्टाअघि नै मृत्यु भएको हुन सक्छ ।’

प्रकाशको ९९ प्रतिशत आकस्मिक हृदयाघातका कारण मृत्यु भएको जैसवालले बताए । ‘आकस्मिक हृदयाघात भएको एक घन्टाभित्र अस्पताल पु¥याउन सके पूर्ण रूपमा उपचार गर्न सकिन्छ । एक घन्टासम्म मुटुको मांशपेसी बाँच्ने हुन्छ,’ उनले भने । डा. जैसवालले प्रकाशको शरीरमा ब्लडप्रेसर र सुगर कुनै नदेखिएको पुष्टि गरे ।

झापाबाट प्रचण्ड आएपछि १ बजे औपचारिक रूपमा मृत घोषणा

चुनावी कार्यक्रमको सिलसिलामा झापा पुगेका प्रचण्ड आएपछि मात्र दिउँसो १ बजे औपचारिक रूपमा पत्रकार सम्मेलन गरी प्रकाशलाई मृत घोषणा गरिएको थियो । 

झापामा रहेका बाबु प्रचण्ड, चितवन रहेकी दिदी रेणु र कञ्चनपुरबाट श्रीमती विना भावविह्वल हुँदै अस्पताल आइपुगेका थिए । अस्पतालले औपचारिक रूपमा मृत घोषणा गरेपछि उनको पार्थीव शरीरलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको थियो । 

पार्टी कार्यालयमा साढे १ देखि ४ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । कांग्रेस, एमाले, माओवादी केन्द्रका नेता–कार्यकर्ताले प्रकाशको पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका थिए ।

यस्तो थियो प्रकाशको राजनीतिक जीवन

प्रकाश दाहालको जन्म १७ असार ०३८ चितवनको शिवनगरमा भएको हो । प्रचण्ड र सीताका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको चार वर्षअघि क्यान्सरका कारण मृत्यु भएको थियो । प्रकाशका दुई छोरा छन् । 

१२ कक्षासम्म अध्ययन गरेका उनी पढ्दापढ्दै माओवादी सशस्त्र संघर्षमा होमिएका थिए । ०५७ देखि पार्टीको पूर्णकालीन सदस्य भएका उनले जनयुद्धकालदेखि प्रचण्डको सचिवालयमा रहेर काम सुरु गरेका थिए । उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव थिए ।

वाम गठबन्धनले चुनावी प्रचार–प्रसार नरोक्ने

एमाले र माओवादी केन्द्रले प्रकाश दाहालको निधनको शोकमा चुनावी प्रचार र तयारीका बाँकी कार्यक्रम स्थगित नगर्ने भएका छन् । दुवै दलले वाम गठबन्धनको चुनावी प्रचार–प्रसार निरन्तर जारी रहने स्पष्ट पारेका हुन् । 

यद्यपि, माओवादी केन्द्रले भने शोकमा काठमाडौंसहित धेरै जिल्लाका चुनावी प्रचार–प्रसारका कार्यक्रम आइतबार एक दिनका लागि स्थगित गरेको थियो । कतिपय नेता चुनावी कार्यक्रम स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना दिन काठमाडौं आएका थिए ।

प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेले शोक व्यक्त गर्दै आइतबारको चुनावी प्रचारको कार्यक्रम स्थगित गरेका थिए । त्यस्तै, एमालेले प्रकाशको सम्मान र प्रचण्डसहित शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्न आइतबार २ देखि ३ बजेसम्म चुनावी प्रचारका कार्यक्रम स्थगित गरेको प्रवक्ता विष्णु रिमालले बताए । 

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पार्टी अध्यक्षको निर्देशनअनुसार सोमबारबाट चुनावी प्रचारका कार्यक्रमलाई निरन्तरता दिने बताइन् । ‘अध्यक्षको निर्देशनअनुसार सोमबारबाट चुनावी तयारीका सबै कार्यक्रम जारी रहन्छ,’ भुसालले भनिन् ।

पूर्वप्रधानमन्त्री एवं मेरा मित्र प्रचण्डजीका पुत्र प्रकाश दाहालको अल्पायुमा भएको निधनले मलाई र मेरो पार्टी कांग्रेसलाई मर्माहत बनाएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना ।

– शेरबहादुर देउवा, प्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको असामयिक निधनले मर्माहत बनाएको छ । प्रकाशप्रति श्रद्धाञ्जली । परिवारजनमा समवेदना ।

– केपी ओली, पूर्वप्रधानमन्त्री

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै

आकस्मिक निधनले स्तब्ध

र मर्माहत भएको छु ।

– डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री

नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाशको निधनको खबरले हामी दुःखी

छौँ । शोकाकुल परिवारप्रति हार्दिक समवेदना छ ।

– सुष्मा स्वराज भारतीय विदेशमन्त्री

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक