२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका आफ्ना श्रीमानले शंका गरेपछि… (भिडीयो हेर्नुहोस)

२०७४, ६ मंसिर बुधबार ०४:३४

मङ्सिर ६, काठमाडौं । पछिल्लो समय समस्याको समाधानको मुख्य गन्तब्य बनेको सिधा कुरा जनतासँग कार्यक्रममा एउटा नयाँ र रोचक घटनाले प्रवेश गर्यो । 

पत्रकार रवि लामिछानेले न्युज २४ मा संचालन गरेको उक्त कार्यक्रममा  मंगलबार रुदै एक जना महिला आइन । ति महिलाको नाम थियो – मिना । उनि आफ्नै श्रीमानबाट पीडित छिन् । मलेलिसिमा कार्यरत उनकी  श्रीमानले पाईला पाईलामा उनि माथि शंका गरेपछि झोलामा विष बोकेर उनि उक्त कार्यक्रममा आएकी थिईन् । उनले कार्यक्रम अघि बिष खाएर मर्ने सोच पनि बनाईसकेकी थिइन् तर ८ बर्षकी छोरीलाई सम्झेर उनले आफ्नो बिबसता सबै माझ राख्ने गतिलो माध्यम सिधा कुरा जनतासँगलाई देखिन् ।

मीनाको श्रीमान मलेसियामा छन् । १५ बर्षको कलिलो उमेरमा उनले चितवनकै केटासँग विहे गरेकी थिइन् । अहिले उनिहरुको ८ बर्ष कि छोरी समेत छन् । तर रोजगारीको लागि मलेशिया गएका श्रीमानले उनलाई शंका गरीरहेका छन् । आफ्नै दाजुभाईसँग बोल्दा हिँड्दा समेत अनैतिक सम्बन्ध भन्दै अनावश्यक संका गर्ने, फोनमा बारम्बार धम्काउने, सम्बन्ध विच्छेद गर्ने , मार्ने भन्दै धम्काउने, काम गर्ने हरेक कार्यालयमा फोन गरेर कामबाट निकाल्न लगाउने गरेको उनको गुनासो छ ।

विहे गरेको डेढ महिनामा विदेशीएका उनी छोरी हुर्कीसकेपछी ३ बर्षमा मात्र नेपाल आएका थिए । नेपाल आएपछि शंका गर्ने कुटपिट गर्ने गरेको उनि बताउँछिन् ।

श्रीमानको ज्यादतीपछी मिनाले अहिले आफ्नो श्रीमान छाड्न पनि तयार रहेको बताएकी छिन् । त्यसो त श्रीमानले मायाँ गरेमा उनीसंगै जीवन बिताउन पनि राजीनै छिन् । 

लोकप्रिय कार्यक्रम 'सिधा कुरा जनतासँग'मा आएको यो पृथक घटनामा मिना एक प्रतिनीधि पात्र मात्र हुन् । पछिल्लो समय विदेशमा वस्ने युवाहरुले आफ्नी श्रीमति माथि संका गरेकै कारण सयौको संख्यामा सम्बन्ध विच्छेद भएका छन् । यस घटनाले श्रीमतीकै कारण मात्र पनि सम्बन्ध बिच्छेदको घटना हुँदैनन् त्यसको बिबिध कारण र क्रम जोडिएको हुन्छ भन्ने देखाउन खोजिएको छ, त्यसैले तपाइँ पनि मंगलबारको सिधा कुरा जनतासँग कार्यक्रम हेर्नुहोस् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा