2026-09-22 07:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जाने महिला घट्नुका मुख्य तीन कारण

मङ्सिर ६, काठमाडौँ | वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ । तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको छ।

गत आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुक जाने कामदारको संख्या आर्थिक वर्ष २०७२/७३ मा भन्दा साढे दुई लाखले बढेको थियो। तर रोजगारीकै लागि जाने महिला कामदारको संख्या बढे पनि वृद्धिदर भने घटेको छ। चालू आवको तीन महिनामा पनि रोजगारीका लागि बिदेसिने महिला कामदार संख्यामा वृद्धि आउन सकेको छैन।

गत आवमा कुल ६ लाख ५३ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका थिए। यसमा महिला कामदारको संख्या २७ हजार आठ सय मात्रै थियो। रोजगारीका लागि गत अवमा बिदेसिएका कुल संख्यामध्ये महिला कामदारको हिस्सा ४.२६ प्रतिशत छ।

साथै चालू आवको पहिलो तीन महिनामै एक लाख ४२ हजार पाँच सय ९४ युवा विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि पुगिसकेका छन्। यसमा ६ हजार ५४ जना मात्रै महिला कामदार छन्। तीन महिनामा रोजगारीका लागि बिदेसिएका कुल कामदार संख्याको ४.२४ प्रतिशत मात्रै महिला छन्।

महिला कामदार घट्नुका मुख्य तीन कारण – सरकारले घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध नै महिला कामदार घटेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन् ।

-घरेलुबाहेक अन्य कामका लागि विदेश जाने महिला कामदारका लागि दूतावासबाट प्रमाणीकरण लिनुपर्ने झन्झटिलो प्रक्रियाका कारण पनि संख्यामा कमी आएको उनको भनाइ छ।

-घरेलु कामका लागि विदेश गई नेपाल फर्केका महिला कामदारले पुनः विदेश जान श्रम स्वीकृति नपाउँदासमेत संख्यामा कमी आएको हो । – अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो