2026-09-22 07:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चुनावी प्रचारमा, बाबु हिरासतमा

मङ्सिर ७, काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा जितवन ३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन खटिएकी छिन् । 

प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो । प्रचण्डलाई जिताउने जिम्मेवारी उनले पाएकी छिन् ।  उनका बाबु मणिक लामा भने निर्वाचन भाँड्न सक्रिय रहेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मणिक विप्लव समुहको ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख र राष्ट्रिय तामाङ मुक्ति मोर्चाका प्रमुखसमेत हुन् ।

जनमोर्चा नेपाल हुँदै माओवादी केन्द्रमा प्रवेश गरेका नविनाका बाबु  मणिक अहिले विप्लव समूहमा छन् । निर्वाचन बिथोल्न उम्मेद्वारमाथि हिंसात्मक कारवाहि अगाढी बढाएपछि मणिकलार्इ प्रहरीको विशेष व्यूरोले काठमाडौँ पक्राउ गरेको हो । 

स्रोतका अनुसार मणिक पटक पटक चीन गएको र हतियार खरिदसम्बन्धी प्रक्रियामासमेत संलग्न रहेको सूचनाको आधारमा आतंकवाद तथा अन्तर्देशी अपराधसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी पाएको बिशेष ब्युरोले उनको खोजि गरेको थियो । 

बाबु पक्राउ परेको सूचना पाएलगत्तै नविनाले प्रहरीलार्इ सम्पर्क गरेर विप्लव समूहमा लागेपनि बाबु हिंसात्मक गतिविधिमा नलागेकाले मुक्त गर्न आग्रह गरेकि थिइन् । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो