2026-09-22 07:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी

मंसिर ७, काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) निर्वाचनमा पार्टीबाट बल्लतल्ल टिकट प्राप्त गरेका महिलाको अधिकांश प्रतिस्पर्धा बलियो प्रतिस्पर्धीसित हुँदैछ ।

न्यून सङ्ख्याको महिला उम्मेदवारी र कडा प्रतिस्पर्धाले प्रत्यक्षबाट महिला विजय हुने सङ्ख्या झनै न्यून हुने सम्भावना देखिएको छ ।आजको गोरखात्रमा खबर छापिएको छ ।

तीमध्ये सुनसरी ३ मा वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फका उम्मेदवार भगवती चौधरी एक हुन । चौधरीको फोरम लोकतान्त्रिकबाट काँग्रेसमा प्रवेश गर्नुभएका विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा हुँदैछ । नेता गच्छदार अहिले उपप्रधानमन्त्री पनि छन्।

संविधान सभाको दोस्रो निर्वाचनमा पनि सोही क्षेत्रबाट गच्छदारसँग ३६५ मतले मात्रै पराजित चौधरीले यस पटक वाम गठबन्धन भएकाले आफूले भारी मतले जित्ने दाबी गर्छीन् तर नेपाली काँग्रेसमा पर्किएपछि नेता गच्छदारको पनि पुरानो मताधार फर्किएको विश्वास गच्छदार बताउछन् ।

यस्तै, उदयपुर १ मा एमालेकै तर्फबाट वाम गठबन्धनको उम्मेदवार मञ्जुकुमारी चौधरीले नेपाली काँंग्रेसका नेता डा.नारायण खड्कासँग प्रतिस्पर्धा गर्दैछन् । खड्का संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । 

यस्तै स्याङ्जा २ मा वामगठबन्धनको तर्फबाट एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले उपप्रधान तथा शिक्षा मन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धा गर्दैछन् ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता रहनुभएकी पम्फा भुसालले ललितपुर ३ मा नेपाली काँग्रेसका मदनबहादुर अमात्यलाई टक्कर दिँदै छन् । संविधान सभाको निर्वाचनमा एमाले र माओवादीलाई भारी मतले पराजित गर्न सफल अमात्यसँग वाम गठबन्धनको तर्फबाट भुसाल चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन। बाग्लुङ १ बाट नेपाली काँग्रेसका उम्मेदवार चम्पादेवी खड्काले वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका सूर्यप्रसाद पाठकलाई टक्कर दिइरहेकी छन्।

कैलाली ५ मा काँग्रेसबाट डा। आरजु राणाले वाम गठबन्धनका तर्फबाट (एमाले) का नारदमुनि रानासँग प्रतिस्पर्धा गर्दै छन् । यस्तै कैलाली १ मा काँग्रेसकी ईश्वरी न्यौपाने र एमालेकै मदनकुमारी शाहबीच प्रतिस्पर्धा छ । 

माओवादीका तर्फबाट वाम गठबन्धनको उम्मेदवार उर्मिला अर्यालले पर्सा ४ मा नेपाली काँग्रेसका नेता रमेश रिजाल र राष्ट्रिय जनता पार्टी (राजपा) का नेता लक्ष्मणलाल कर्णलाई टक्कर दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो