2026-09-22 07:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कान्ति बाल अस्पताल: दुई नर्सको भरमा ५२ बिरामी

मंसिर ८, काठमाडौं । मुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । 

तर कान्ति बाल अस्पतालको यथार्त अर्कै छ । यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शय्या छन् । 

वार्ड सधैंजसो भरिभराउ हुन्छ तर बिरामीलाई हेरचाह गर्ने दुई नर्समात्र हुन्छन् । सो वार्डका लागि अस्पतालले १० नर्स खटाएको छ तर पालो बाँडिएर खटिँदा एक सिफ्टमा दुईजना नर्समात्र हुन्छन् ।आजको नागरिकमा खबर छापिएको छ।

‘साप्ताहिक विदा,सार्वजनिक विदा र सिफ्ठ बाडिँदा ड्युटीमा दुईजनामात्र हुन्छौँ,’वार्डकी नर्स निर्मला रेग्मीले भनिन् ।

अस्पतालको पेइङ वार्डका लागि ४० शय्याका लागि पनि दुई जनामात्र नर्स छन् ।

अस्पतालका अन्य वार्डको अवस्था पनि उस्तै छ ।‘सबै वार्डमा नर्स अपुग छन्’अस्पतालकी मेट्रोन निवारण जोशीले भपनिन्,‘नर्सकै अभावमा ५२ शय्याको सिआइसियुमा ३४ शय्यामात्रै सञ्चालनमा छन्।’कामको चापले नर्स सधैं तनावमा हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो