२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपचारका नाममा महिलामाथि यौन शोषण गर्ने धर्मगुरू पक्राउ

२०७४, ८ मंसिर शुक्रबार ०२:५९

मङ्सिर ८, काठमाडौं । धार्मिक आवरणमा महिलामाथि जबर्जस्ती यौन सम्पर्क राख्ने एक धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बाका रिम्पोछे टुल्कु लामा छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामालाई बुधबार पक्राउ गरेको हो । हामीले यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

उनी गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) नामले चिनिन्छन् ।सिन्धुली कुशेश्वरका रिम्पोछे लामा १० वर्षदेखि दक्षिणकाली चाल्नाखेलमा गुम्बा सञ्चालन गरेर बस्दै आएको जानकारी सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले दिए ।

कार्कीका अनुसार उक्त गुम्बामा महिला उपचारका लागि जाने गर्थे । लामाले आफू जुनसुकै रोक निको पार्न सक्ने दैवीशक्ति प्राप्त गरेर अवतारी लामा भन्दै महिलालाई भ्रममा पारेर निर्वस्त्र गराई यौन सम्पर्क गर्दै आएको प्रहरीले जनाएको छ ।

दशौं पुस्तासम्म एउटै कुलमा जन्मिएको र आफूलाई स्वघोषित गुरु भन्दै लामाले महिलालाई भ्रममा पार्दै आएका थिए ।सीआईबीको टोलीले लामालाई गुम्बाबाटै नियन्त्रणमा लिएको हो । डीआईजी कार्कीका अनुसार लामाले महिलालाई यौनसम्पर्क गरेपछि उक्त जानकारी कसैलाई दिएमा ठूलो क्षति हुने र पुनः रोग बल्झिने भन्दै कसैलाई नभन्न दबाब दिँदै आएका थिए ।


रोग निको हुन आफूसँगै यौनसम्पर्क गर्नुपर्ने भन्दै लामाले धेरै महिलालाई पटक-पटक दबाब दिँदै आएको प्रहरी दाबी छ । डीआईजी कार्कीले भने, ‘ पहिला यो घटना सीआईबीमा आउँदा विश्वास लागेन, पछि दुई जना पीडित महिलालाई बोलाएर अनुसन्धान गर्दा केही रहस्य खुलेपछि प्रहरीले पक्राउ गर्ने निधो गरेको हो ।

लामाले आफू तेत्तीस कोटी देवताको अवतार भएको र गुरु रिसाए अनिष्ट हुने र महिलालाई अन्य पुरुषसँग विवाह गरेमा पनि मृत्यु हुने भन्दै बारम्बार यौन शोषण गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।’ सीआईबीले १० दिनदेखि लामाको कार्यशैलीलाई पछ्याएपछि मात्रै पक्राउ गरेको हो ।

कार्कीका अनुसार पीडित एक महिलाको अनुमतिबिना फेसबुकमा अश्लील फोटो राखेका कारण उनीमाथि साइबर अपराधमा समेत अनुसन्धान हुनेछ । सीआईबीले लामाविरुद्ध जबर्जस्तीकरणी र विद्युतीय अपराध सजाय ऐनमा कारबाही गर्न जिल्ला अदालत काठमाडौंसँग स्वीकृति लिएको छ ।

पक्राउ व्यक्तिको विवरण

नामः गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान (योञ्जन) टुल्कु लामा 

उमेर : ५६ वर्ष 

ठेगाना : सिन्धुली कुसेश्वर दुम्जा ९

पेशा : रिम्पोछे (गुरु)

गुम्बाको नाम : पेमा टासी छुल्ठिम घोम्बो कासुङ

गुम्बाको ठेगाना : काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल,वोशन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु