२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुषले नै हाले, महिलाले दिनै पाएनन् मत

२०७४, ११ मंसिर सोमबार ०३:४५

मङ्सिर ११, काठमाडौँ । जयपृथ्वी नगरपालिका ११ की पानसा सिंह ५५ बर्षकी भईन् । अहिलेसम्म मत हालेकी छैनन् । 

उनका नाममा गाउँका पुरुषले नै मत हाल्थे आइतबार घरबाट निस्किदै गर्दा सोचिन्, यसपल्ट त आफै भोट हाल्छु । मदतान केन्द्रमा आईपुग्ना सिथती अर्कै भईदियो ।

एक व्यक्तिको मत अर्काले हाल्न नपाउने व्यवस्था र यसको पालना गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन अधिकृतको कार्यालयले कडाई गर्ने भने पनि त्यसो भएन । महिलाको मत पुरुषले हाल्ने पुरानै चलनको निरन्तरता दिदै अधिकांश महिलाको मत पुरुषले नै हालेको स्थानीयले बताएका छन् । 


‘घरबाट त आफै भोट हाल्छु भनेर आएकी हुँ,’ जयपृथ्वी नगरपालिका–१ की पानसरा सिंहले भनिन, ‘तपाईं बिगार्नु हुन्छ । बिग्रियो भने वर्बाद हुन्छ भनेर कराउन थाले । जेसुकै गर भनेर दिएँ ।’ जसम्म कहिले पनि मत नहालेको बताउने ५५ वर्षीया उनको यसपाला आफ्ना मत छिमेकी भतिजाले हालिदिएको बताइन् । 

सुरुमा आफ्नो मत आफै हाल्नुपर्ने नियमको कडाइका साथ पालना गरिएको भए पनि १० बजेपछि सबै दलका प्रतिनिधिहरुको सहमतिमा महिलाले चाहेमा अर्काेलाई मत हाल्न दिने व्यवस्था गरिएको जयपृथ्वी नगरपालिका १ का कृष्ण विकले बताए । 

‘१०–१५ जना महिलाको मत पनि एकै जनाले खसालेका छन्,’ उनले भने, ‘धेरैजसो महिलाहरु आफै हाल्न सक्दैनांै भन्न थाले । उनीहरुको मत अरुले हालिदिए ।’

महिलाको मत अरुले हाल्ने प्रचलनको निरन्तरता जिल्लाभरका मतदान केन्द्रमा देखिएको स्थानीयले बताएका छन् । विथ्थड चिर गाउँपालिकामा पनि अधिकांश मत पुरुषले नै हालेको त्यहाँका स्थानीय तेजबहादुर बोहराले कान्तिपुरलाई बताए ।

उनले भने, ‘२०–२५ वर्षका महिलालाई पनि आँखा देख्दिन । हात कांप्छ भनेर भन्नु भनेर पहिले नै सिकाए । एक–दुई जना महिलाको मत अरुले हाल्ने वित्तिकै त नियमै जस्तो भैहाल्यो ।’यो खबर आजको कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी