मङ्सिर १२, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका प्रदेश नं.७ का समानुपातिक उम्मेदवारसहित चार जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
टीकापुरमा पत्रकार सम्मेलन गरी प्रदेशसभाका समानुपातिक उम्मेदवार सरस्वती शाह, केन्द्रीय सल्लाहकार सदस्य रोध बहादुर भण्डारी, जिल्ला सदस्य दिल बहदुर ठकुल्ला र संगठित सदस्य बाल कृष्ण सञ्ज्यालले नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्दै समानुपातिक उम्मेदवार शाहले कम्युनिस्ट भएर काम गर्दै आएको तर, पछिल्लो समयमा नयाँ शक्तिले कम्युनिस्टको नीति, सिद्धान्त छोड्दै गएकोले वाम गठबन्धनमा प्रवेश गरेको बताइन् । उनले पार्टी प्रवेशसँगै आफनो भुमिका र दायित्व निर्वाह गर्दै वाम गठबन्धनलाई जिताउने अभियानमा लाग्ने बताइन् ।
रोध बहादुर भण्डारीले पटकपटक सरकार परिवर्तन भैरहदा देशको विकास नहुने भएकोले स्थायी सरकार बनाई देशलाई नै समृद्धि बनाउनको लागि अहिले वाम गठबन्धनमा प्रवेश गरेको बताए ।
दिल बहादुर ठकुल्लाले नयाँ अवसर तथा स्वार्थको लागि नभई वाम गठबन्धनको स्थायी सरकार गठन र देशको शान्ति सुरक्षामा योगदान पुग्ने भएकोले आफू वाम गठबन्धनमा प्रवेश गरेको बताए । नयाँ पत्रका दैनिक