2026-07-25 12:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलोपटक हान्दा हामी सडकमै थियौँ, दोस्रो पटकमा त्रिशूलीमा खस्यौं (इन्दिराले जे देखिन्)

मङ्सिर १४, काठमाडौँ | काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ । १९ घाइते भएका छन् ।

बिहान ९ बजेतिर विपरीत दिशाबाट आइरहेको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशूलीमा खसेको थियो । 

दुर्घटनामा ​ घाइते भएकी इन्दिरा दमासेले जे देखिन् :

– म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ । बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो । करिब ३०–३२ यात्रु थियौँ ।

– नौबिसेमा खाजा खायौँ । चालकले राम्ररी नै बस कुदाइरहेका थिए ।

– बिहान ९ बजेतिर फिस्लिङ बजार कटेपछि दुर्घटना भयो ।

– विपरीत दिशाबाट आएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा हाम्रो लेन मिच्यो । ट्रकले आफ्नो लेन समाउन भ्याएन ।

– घुम्तीजस्तो भएकाले बस पनि आफ्नै गतिमा थियो ।

– तर, ट्रकले सीधै हाम्रो बसलाई हान्यो । मैले देखेअनुसार ट्रक र बस रोकिए ।

– ट्रक पुनः पछाडि हट्यो र फेरि जोडले बसलाई हान्यो ।

– पहिलोपटक हान्दा हामी सडकमै रोकिएका थियौँ । दोस्रो धक्कामा गाडी त्रिशूलीमा खस्यो ।

– म बेहोस भएछु । घाइते अवस्थामै नदी–किनारबाट मलाई उद्धार गरे ।

मृतक

अर्घाखाँचीको मालारानी गाउँपालिका (हंसपुर)का ५२ वर्षीय नुधराज अधिकारी, दैलेखका ३२ वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाटका ५० वर्षीय कृष्ण ढकाल, अर्घाखाँचीको सन्धिखर्ककी ४३ वर्षीया लक्ष्मी पौडेल र नवलपरासीको देवदह नगरपालिकाका अन्दाजी २५ वर्षीय दीपक पाण्डेको मृत्यु भएको छ । पौडेलको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक