२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बृहत ‘खोटाङ आईडल’ हुने हजारौंको ध्यान केन्द्रित

१४ मंसिर २०७४, बिहीबार १२:३९

चिसाङ शेर्पा | मंसिर १४, खोटाङ | संगीत पारखीहरुका लागि खोटाङमा बृहत ‘खोटाङ आईडल’ हुने भएको छ । विश्वलाई ध्यान केन्द्रित गराएको नेपाल आईडल सेलाउदै गर्दा जिल्लाको हकमा ठूलो धनराशी खोटाङ आईडलको तयारी गरिएकोे हो । विहीवार दिक्तेलस्थित हलेसीखबर पत्रिकाको कार्यालयमा पत्रकार सम्मेलन मार्फत आयोजक परिवर्तन नेपालले उक्त सांगितिक रियालिटी शो हुने जानकारी दिएको हो ।

मंसिरको अन्तिम सातादेखी शुरु हुने सांगितिक रियालिट शो अन्तरगत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छा, २५ गते दिप्रुङ गाउँपालिका पञ्चमीबजार, २७ गते खोटेहाङ गाउँपालिकाको खोटाङबजार, २९ गते जन्तेढुंगा गाउँपालिकास्थित चिसापानीबजारमा अडिसन हुनेछ ।


यस्तै, पौष १ गते बराहापोखरी गाउँपालिकाको साउनेचौर, ५ गते केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजार, ८ गते ऐसेलुखर्क गाउँपालिकास्थित ऐसेलुखर्कबजार, १० गते लामिडाडाँ गाउँपालिकाको खार्पा, १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपास्थित पञ्चेदोबाटो र १७ गते नगरपालिकाको दिक्तेलमा पहिलो चरणको अडिसन गरिने आयोजक परिवर्तन नेपाल हलेसी तुवाचुङ राजापानी तथा कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।

विजेताहरु मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष १ गीत रेर्कडीङ गर्न पाउनेछ । दोश्रो हुनेले २४ हजार ५७४ प्रमाणपत्र, १ गीत रेर्कडीङ, ३ महिना संगीत कोर्ष, तेश्रो हुनेले १० हजार ५७४ प्रमाणपत्र, १ महिना संगीत कोर्ष, १ गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकल एकजनाले २ हजार ५७४ नगद र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

जिल्लामा रहेका सगीतपे्रमीहरुको कला र गलाको सम्मानार्थ सञ्चालित रियालिटी शोका लागि युके, मलेसिया, कतारका सहयोगीदाताले सहयोग गरेका छन् । फागुन २९ गते समापन हुने कार्यक्रमलाई गाउँपालिकामा रहेका सहआयोजकले समेत सहयोग गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो