२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बच्चासँगै हुर्किंदै तीन सन्तानकी १९ वर्षीया आमा

२०७४, १६ मंसिर शनिबार ०२:३२

मङ्सिर १६, काठमाडौँ । आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै/रमाउँदै दिन कटाउने गर्छिन् । 

१३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा हुर्किंदै छिन्। यो खबर छेटु शेर्पाले आजको अन्नपूर्णमा लेखेका छन्।

१९ वर्षीया उनी आफैं बालापनमा छिन् । निरक्षर उनले अज्ञानताका कारण १३ वर्षमै बालविवाह गरिन् । आमामा हुनुपर्ने गुण उनमा कमै छ तर १७ वर्षको उमेरमा तीन बच्चाका आमा बनिसकिन्।

नाबालक छोराछोरीलाई पोषणयुक्त खानेकुरा खुवाउने र आफूले पनि पोसिलो खाना खानुपर्छ भन्ने ज्ञान उनमा छैन । उनको सरल बुझाइमा स्तनपान गराउनु नै आमाको जिम्मेवारी हो, जो गर्दै आएकी छन् ।

स्याबुन-५, देउराली संखुवासभाका फुर्तेम्बा शेर्पासँग २०६८ सालमा निमछिकीको बिहे भएको थियो । उनका श्रीमान् अढाई वर्षदेखि खाडी मुलुकमा छन् । पाँच वर्षीया छोरी निमलमु, तीन वर्षीय छोरा तेन्जी र डेढ वर्षीय छोरा लाक्पाको जिम्मेवारी एक्लो निमछिकीको काँधमा छ ।


जीविकाका लागि दिनभर मजदुरी र साँझबिहान घरको कामले व्यस्त बन्ने उनी बालबच्चाको स्याहारसुसारमा समय दिन पाउँदिनन् । यस्तो लाग्छ, ‘भगवान्’ले नै तिनका केटाकेटी हुर्काइरहेका छन् ।

तीन बच्चासँग दिन गुजार्दै आएकी उनी आफूलाई श्रीमान्ले कुनै पनि सहयोग नगरेको बताउँछिन् । ‘बच्चाहरू खाना खान जान्दैनन्, आफैंले खुवाउनुपर्छ’, उनले भनिन् । आफूले नपढे पनि छोराछोरीलाई पढाउने उनको इच्छा छ । 

श्रीमान् पनि विदेशमा भएकाले उनका बालबच्चाको भविष्य अन्योलमा छ । हाल उनले ठूली छोरीलाई डेढ घन्टा टाढाको शिव प्राथमिक विद्यालयमा पठाउन सुरु गरेकी छन् ।

जनस्वास्थ्य कार्यालयले आमा सुरक्षा र परिवार नियोजन क्षेत्रमा दिँदै आएको कार्यक्रमसमेत सहरकेन्द्रित हुँदा गाउँगाउँमा निमछिकीजस्ता बालिका आमाको संख्या बढ्दो छ । 

तमाम गैरसरकारी संस्थाहरूले महिला प्रजनन स्वास्थ्यमा गर्दै आएको कार्यक्रमको प्रभावकारिता पनि देखिँदैन । नाबालकैमा आमा हुँदा पाठेघर लगायतको समस्याले मातृमृत्युदर पनि बढ्दो छ ।

संखुवासभा, स्याबुन क्षेत्रका आमालाई स्तनपानको तरिका, पोषक तत्वबारे जानकारी र सरसफाइसम्बन्धी ज्ञानको अभाव छ । संखुवासभामा एक अस्पताल, दुई प्राथमिक स्वास्थ्य संस्था, २३ स्वास्थ्य संस्था, १३ उपस्वास्थ्य संस्था, चार सामुदायिक स्वास्थ्य संस्था र दुई नगर स्वास्थ्य संस्था छन् । तर, बजेट सुगम क्षेत्रकै स्वास्थ्य संस्थामा सीमित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु