2026-09-22 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्राभल एजेन्सीको सेटिङमा विमानस्थलबाटै यसरी हुन्छ मानव तस्करी

मंसिर १६, काठमाडौँ । पाँचथर हिलेहाङका भूपाल बस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स (युएई) जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । 

व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए । अध्यागमनले तोकेको सबै कागजपत्र बोकेका थिए । आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् ।

तर, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले ‘शंकास्पद भ्रमण’ भन्दै उनलाई फर्काइदिए । उनले धेरै आग्रह गरे, तर कर्मचारीले मानेनन् । परिवारसँग बिदा भएर विमानस्थल पुगेका उनी मध्यराति निराश भएर फर्किए । त्यसको दुई दिनपछि ५ मंसिरमा फेरि विमानस्थल पुगे । तर, यसपटक अचम्म भयो ।

एयरलाइन्सको काउन्टरमै अध्यागमनका कर्मचारी उनलाई स्वागत गर्न आइपुगे । केही प्रश्नै नसोधी उनको पासपोर्ट (पासपोर्ट नम्बर ०९४०२७७५) मा डिपार्चरको छाप लाग्यो । 

दुई दिनको बीचमा अध्यागमन कर्मचारीमा उनले चामत्कारिक परिवर्तन अनुभव गरे । त्यत्तिकै विमानस्थलका कर्मचारीमा त्यस्तो परिवर्तन आएको होइन, यसको पछाडि ७० हजार रुपैयाँले काम गरेको थियो । 

युएई जानैपर्ने काम भएकाले उनले ७० हजार रुपैयाँ घुस खुवाएर सेटिङ मिलाएका थिए । त्यही सेटिङले कर्मचारीमा त्यस्तो चामत्कारिक परिवर्तन ल्याएको हो ।

ट्राभल एजेन्सीमार्फत सेटिङ

विमानस्थलबाट फर्किएपछि बस्नेतले एयरपोर्ट कर्मचारीबाट पाएको अन्यायबारे आफन्तलाई सुनाए । उनका एक आफन्तको दुबईमा रहेका ट्राभल एजेन्सीका सञ्चालकसँग चिनजान थियो । सो ट्राभल एजेन्सीका सञ्चालकले कुनै चिन्ता लिनु नपर्ने बताए । 

त्यसका लागि ७० हजार रुपैयाँ लिए । गोंगबु बसपार्कमा रहेको एक ट्राभल एजेन्सीमा पठाए । ट्राभल एजेन्सीका सञ्चालकले कुनै समस्याविनै विमानस्थलबाट उडाइदिने आश्वासन दिए ।

ट्राभल एजेन्सी सञ्चालकको आश्वासनअनुसार बस्नेत ५ मंसिर दिउँसो १ बजे विमानस्थल पुगेका थिए । ३ बजे उडान थियो । विमानस्थलभित्र छिरेलगत्तै बोर्डिङ पास लिनुअघि उनले तिनै ट्राभल एजेन्सीका सञ्चालकलाई फोन गरे । फोन गरेको केही मिनेटमै अध्यागमनका कर्मचारी फ्लाई दुबईको काउन्टर अगाडि आइपुगे ।

माथि अध्यागमनको काउन्टरमा लगेर पासपोर्टमा छाप हानिदिए । भिजिट भिसामा विदेश जान चाहिने दुईतर्फी टिकट, एक हजार अमेरिकी डलर र होटेल बुकिङजस्ता आवश्यक कागजपत्रसमेत चेकजाँच गरेनन् । 

जब कि दुई दिनअघि तिनै कर्मचारीले सबै कागजपत्र हुँदा पनि जान दिएका थिएनन् । बस्नेतजस्तै दर्जनौँ व्यक्ति त्यसैगरी विमानस्थलबाट ‘सेटिङ’मा उड्ने गर्दछन् । 

त्यसमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि जाने हुन्छन् । गत ५ मंसिरमा गोंगबुको त्यही ट्राभलले तीनजनालाई कर्मचारीसँगको सेटिङमा भिजिट भिसामा विदेश उडाएको थियो ।

ट्राभल एजेन्सीको सेटिङ

दुबईमा नेपालीका दर्जनौँ ट्राभल एजेन्सी छन् । त्यहाँ ट्राभल एजेन्सी खोल्न निकै गाह्रो छ । तैपनि ट्राभल एजेन्सी बढ्नुको कारण टिकेटिङको बिजनेस होइन, मानव तस्करी हो । उनीहरूले उताबाट सबै कागजपत्र नेपालमा पठाइदिन्छन्, नेपालमा रहेका उनीहरूका साझेदार ट्राभल एजेन्सी सञ्चालकले सोही आधारमा अध्यागमनका कर्मचारीलाई सेटिङ मिलाएर मानव तस्करी गर्दै आएका छन् ।

राजधानीका दर्जनौँ ट्राभल एजेन्सीको मुख्य काम नै मानव तस्करी भएको विमानस्थलका अधिकारीहरू बताउँछन् । कर्मचारीहरूले सीधै घुस नलिने भएकाले ट्राभल एजेन्सीहरूको सेटिङमा उनीहरूले मानव तस्करी गर्दै आएका छन् । 

भिजिट भिसामा मानव तस्करी गर्ने दर्जनौँ समूह सक्रिय रहेको स्रोत बताउँछ । खाडी र मध्यपूर्वी देशहरूमा महिलाको समेत विमानस्थलबाटै तस्करी भइरहेको छ । आकर्षक जागिरको सपना बोकेर जानेहरू कतिपय अलपत्र पर्ने गरेका छन्, केही बेचिने गरेका छन् ।

विमानस्थलका कर्मचारी निगरानीमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव होमनाथ थपलिया पनि विमानस्थलमा केही कर्मचारीले सेटिङमा मानव तस्करी गरिरहेको सूचना आएपछि आफूले निगरानी सुरु गरेको बताउँछन् । ‘सेटिङ हुन्छ भन्ने सुनेपछि बिहीबार म आफैँ डेस्कमा बसेर हेरेँ,’ उनले भने, ‘हामीले अलि कडाइ सुरु गरेका छाै ।’ कानुनभन्दा पनि अनुहार हेरेर आफूहरूले निर्णय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘भिजिट भिसामा जान नपाइने होइन, तर हामीले अनुहार हेरेर नै निर्णय गर्नुपर्ने अवस्था छ,’ उनले भने । भूपाल बस्नेतलाई त्यसरी पैसा असुलिएको घटनाको छानबिन गर्ने थपलियाले बताए । 

अध्यागमन अधिकारीले हेर्दा राम्रो लवाइखवाई भएको व्यक्तिलाई भिजिट भिसामा जान दिने अरूलाई रोक्ने गर्दछन् । सेटिङमा जानेहरू भने सबैलाई पठाइने गरेको छ ।

स्रोतका अनुसार एकपटक फर्काइएकाको रेकर्ड अध्यागमनमा हुन्छ । तैपनि त्यो रेकर्ड नहेरी अध्यागमनका कर्मचारीले एकपटक फर्काइएकालाई पनि सेटिङमा विदेश पठाउने गरेका छन् । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले मानव तस्करीलगायत गलत गतिविधि रोक्न पटकपटक निर्देशन दिँदै आएको दाबी गरे ।

प्रहरी हटाएपछि बढ्यो मानव तस्करी

भिजिट भिसामा मानव तस्करी बढेपछि तीन वर्षअघि गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेको कागजपत्र सुरुमा प्रहरीले चेकजाँच गर्र्ने प्रावधान लागू गरेको थियो । तर, गत वर्षदेखि प्रहरीलाई सो जिम्मेवारीबाट हटाइएको छ । 

‘दुवै निकायलाई जिम्मेवारी दिएको भए यस्तो संस्थागत मानव तस्करी हुने थिएन,’ विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘दुवैतिर सेटिङ मिलाउन गाह्रो थियो, तर अहिले अध्यागमनमा घुस र मानव तस्करी भयावह भएको छ ।’ 

स्रोतका अनुसार अनुसन्धान विभागले गृह मन्त्रालयलाई दिएको प्रतिवेदनमा प्रतिव्यक्ति २० हजारदेखि एक लाखसम्म लेनदेन हुने र अध्यागमनका उच्च तहका कर्मचारीकै मिलेमतो रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो