2026-10-31 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सानो सहयोगले विद्यालयसंगको नाता जोडियो

मंसिर १९, कालिकोट । सबै साथीहरु विद्यालय जाँदा मन अमिलो बनाएर घरको कामधन्दामा व्यस्त हुने कवितालाई एउटा गैर सरकारी संस्थाको सानो सहयोगले विद्यालयसंग टुटिसकेको नाता पुनः जोड्न मद्यत गरेको छ । 

कापी कलम र विद्यालय पोशाकको अभावमा विद्यालय जान समस्या परेकी तिलागुफा–४ की कविता बि.कलाई सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भिडिसेफ नेपाल कालीकोटद्धारा सञ्चालित यूवा शसक्तिकरण परियोजनाले सहयोग गरेपछि उनको विद्यालय नियमित भएको हो ।

जिल्लाको तिलागुफा नगरपालिका–४ कालिका माध्यामिक विद्यालय कक्षा ८ अध्ययनरत कविता बि.क.ले आर्थिक सहयोग पाए पछि नियमित स्कुल जान थालेकी छन् । आर्थिक अवस्था कमजोर भएकी कवितालाई सेभ द चिड्रेनको सहयोगमा भिडिसेफ नेपालले आर्थिक सहयोग पाए पछि कविता विद्यालयमा नियमित भएको हो ।

गरिब परिवारमा जन्मिएकी कविता विद्यालय पढ्नलाई कापी किताव, कलम, विद्यालयको पोशाकको समस्या भएका कारणले उनले पढ्न जान समस्या भएको थियो । 

विद्यालयमा पढ्न जानलाई कापी किताव, कलम र विद्यालय जानका लगाउने पोशाकको समस्या भएको आर्थिक सहयोग पाएपछि आफुले विद्यालयमा पढ्न सजिलो भएको कविताले बताइन् । 

‘घरमा आर्थिक समस्या थियो । कापी, कलम, स्कुल जान लगाउने पोशाक थिएन् । मैले विद्यालय छोडिसकेको थिएँ’ उनले भनिन्, ‘आर्थिक सहयोग पाएपछि मेरो स्कुलमा नियमितता भएको छ ।’

घरको आर्थिक अवस्था कमजोर भएको बाबुको भारतमा काम गर्ने क्रममा केदारनाथमा मृत्यु भएका कारणले विद्यालयमा पढ्नलाई आफुलाई निकै समस्या भएको विद्यालयमा जान समेत समस्या आएको कविताले बताइन् । 

‘मलाई विद्यालय पढ्न प्रेरणा दिने बुबाको रोजगारीका लागि भारत गएका बेला निधन भयो ।’ उनले भनिन्, ‘मलाई विद्यालय पढ्न आर्थिक समस्या निकै भयो ।’

सामान्य भए पनि आर्थिक सहयोग पाएका कारणले अहिले कापी किताव, कलम, स्कुल ड्रेस पाएर नियमित स्कुल जान आफुलाई सजिलो भएको कविताले बताइन् । 

‘मलाई स्कुल आर्थिक सहयोग पाएपछि सजिलो भएको छ’ उनले भनिन्, ‘स्कुल पढ्ने रहर केही भएपनि पुरा भएको छ ।’ घरमा बुबाको मृत्युपछि आमा, बाजे र साना साना भाइबहिनी रहेका उनीको लालनपालनका लागि पनि आफुलाई समस्या भएको कविता बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय